मेलम्चीको बाँध फुट्दा २ जना बेपत्ता – Kanika Khabar
Thursday, March 28Nepali News Portal

मेलम्चीको बाँध फुट्दा २ जना बेपत्ता

    मा प्रकाशित

कनिका खबर
असार ३०, सिन्धुपाल्चोक
मेलम्ची खानेपानी सुरुङ परिक्षणको क्रममा सुरुङको बाँध फुट्दा २ जना बेपत्ता भएका छन् । आज १२ बजे पानी भरिएको सुरुङको १७ नम्बरको गेट फुट्दा पानीले बगाएर त्याहाँ कार्यरत अन्दाजि ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजि २५ वर्षीय इन्जिनियर सतिस गोहित बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
गेट फुटेपछि आएको बाढीले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएको छ । मेलम्ची खानेपानी आयोजनाले एक साता पहिले देखि सुरुङ परिक्षण गरिरहेको छ । परीक्षणका क्रममा सुरुङमा समस्या देखिएर हेर्न गएको ४ जनालाई पानीले बगाएको थियो । उनीहरुमध्ये २ जनाको जीवितै उद्धार गरेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई उपचारका लागि मेलम्ची अस्पताल लगिएको छ । घाईते हुनेमा सेखर स्याङ्रतान र असिष्टेन्ट पेम्पा दोर्जे तामाङ छन् । सन्धुपाल्चोक प्रहरी प्रमुख प्रज्वल महर्जनका अनुसार महर्जनका अनुसार बेपत्ता २ जनाको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी सुरु गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्