लुम्बिनी प्रदेशका कृषिमन्त्री अहिरले दिए राजीनामा – Kanika Khabar
Wednesday, May 22Nepali News Portal

लुम्बिनी प्रदेशका कृषिमन्त्री अहिरले दिए राजीनामा

    मा प्रकाशित

दाङ, ९ वैशाख ।
लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी एक मन्त्रीले पदबाट राजीनामा दिएका छन् । जसपाबाट कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका जसपाका नेता भण्डारीलाल अहिरले मन्त्रिपरिषदबाट राजीनामा दिएका हुन् ।
जसपा प्रदेश अध्यक्ष अशोक यादवले जसपालाई मुख्यमन्त्रीले २ जना मन्त्रालय दिने लिखित सहमति उल्लङ्घन गरेकाले सरकारबाट फिर्ता हुने निर्णय गरेको बताए । सरकारबाट मन्त्री फिर्ता भए पनि समर्थन भने कायम रहने उनले बताए ।

अहिर २५ चैतमा विना विभागीय मन्त्री नियुक्त भएका थिए । उनले ६ वैशाखमा कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्