साना करदाताहरुले अब बैंकमार्फत् कर भुक्तानी गर्दा आय विवरण पनि बुझाउन सक्ने – Kanika Khabar
Wednesday, December 10Nepali News Portal

साना करदाताहरुले अब बैंकमार्फत् कर भुक्तानी गर्दा आय विवरण पनि बुझाउन सक्ने

    मा प्रकाशित

कनिका संवाददाता
साउन १, काठममाडौं
साना करदाताहरुले अब बैंकमार्फत् कर भुक्तानी गर्दा आय विवरण पनि बुझाउन सक्ने भएका छन् । २० लाख रूपैयाँसम्म कारोबार गर्ने करदाताका लागि सुरु गरिएको व्यवस्थाको अर्थमन्त्री डा युवराज खतिवडाले आज सुरुवात गर्नुभएको हो । वार्षिक २० लाख रूपैयाँसम्म कारोबार गर्ने त्यस्ता करदाताले बैंकबाट आय विवरण र कर रकम बुझाउने तथा विद्युतीय माध्यमबाट कर चुक्ता प्रमाणपत्र लिन सक्ने व्यवस्था मिलाइएको छ । आन्तरिक राजस्व विभाग र महालेखा नियन्त्रक कार्यालयले साउन १ गते अर्थात् आजदेखि साना करदाताले आफ्नो विवरण र कर बैंकबाटै भुक्तानी गर्न सक्ने र बक्यौता नभएका करदताले प्रणालीबाटै कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सक्ने गरी प्रणाली विकास गरिएको छ । जस अनुसार बैंकमा भौचरसँगै करदाताले आफ्नो आय विवरण पेश गर्न सक्ने र पैसा तिर्न सक्नेछन् । उनीहरूलाई प्रणालीले कर चुक्ता प्रमाणपत्र समेत दिनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्