सनलाइट कम्प्युटरद्वारा उत्तीर्ण विद्यार्थीलाई प्रमाणपत्र विवरण – Kanika Khabar
Thursday, May 23Nepali News Portal

सनलाइट कम्प्युटरद्वारा उत्तीर्ण विद्यार्थीलाई प्रमाणपत्र विवरण

    मा प्रकाशित

घोराही, ३० वैशाख
सनलाइट कम्प्युटर इन्स्टिच्युटले सञ्चालन गरेको कम्प्यूटर तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । राइट स्टेप एजुकेसन एकेडेमी प्रालिद्वारा सञ्चालित प्रोफेसनल डिप्लोमा एन्ड कम्प्युटर एप्लिकेसन अन्तर्गत १ बर्षे कार्समा २०७९÷०८० मा अध्ययन गरी उत्तीर्ण भएका छात्रछात्राहरुलाई एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरिएको हो ।
सनलाइट कम्प्यटर इन्स्टिच्युटका सञ्चालक प्रमिला डाँगीको अध्यक्षता घोराही उपमहानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव आर.के.शीतलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा यस वर्ष उत्कृष्ट अङ्क ल्याई प्रथम हुने सिम्रन बस्नेत, द्वितीय हृदगृहा शर्मा र तृतीय रञ्जिता चौधरी लगायत उत्तीर्ण हुने सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । साथै नवप्रवेशी विद्यार्थीहरुलाई पनि कार्यक्रममा स्वागत गरिएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरुले आफ्ना विभिन्न सांस्कृतिक तथा साहित्यिक कलाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेले युवा शक्तिहरु विदेश पलायन हुने समस्याले गर्दा देशमा बृद्धाहरुको मात्र बसोबास हुने चुनौती भविष्यमा रहेको हुँदा नेतृत्वकर्ताहरुमा मात्र भर नपरी हरेक युवाहरु आ–आफ्नो क्षेत्रबाट स्वतः स्फूर्त आयआर्जनको मार्गमा लाग्नुपर्ने बताए । वडाबाट हुने विभिन्न सिपमुलक तालिममा युवाहरुको न्युनतम सहभागिता हुँदा प्रभावकारी हुन नसकेको उनको भनाई थियो । युवाहरुमा सीप सिक्नलाई सानो ठुलो र लाज मान्ने प्रवृत्तिले देश कहिले पनि विकास हुन नसक्ने भएकोले सिपमूलक तालिमहरु लिइ रोजगारीमा बृद्धि भएमा मात्र देशमा आर्थिक उन्नति हुने पाण्डेले बताए । कार्यक्रका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ दाङका सचिव आर.के.शीतलले एक वर्षसम्म सिकेको सीपलाई सदुपयोग गर्न सक्नु सबैभन्दा ठुलो चुनौति भएको हुँदा सहभागी सम्पूर्ण युवाहरलाई सीपलाई कार्यान्वयनमा ल्याउन अनुरोध गरे । यसरी छात्रवृत्ति प्रदान गरी सीप सिक्न पाउनु अति नै उत्तमे कार्य भएको हुँदा व्यवहारिक रुपमा काम लाग्ने गरी सीप आर्जन गर्न जरुरी भएको जानकारी गराएका थिए ।
सनलाइट कम्प्युटर इन्स्टिच्युटले विद्यार्थीहरुलाई सहुलियत हुने गरी तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी विगत १४ वर्षदेखि निरन्तर सिपमूलक कम्प्युटरका विभिन्न तालिमहरु, लोकसेवाका तयारी कक्षाहरु तथा विभिन्न भाषा कक्षाहरु सञ्चालन गर्दै आएको छ । देशभरिका करिब ५६ भन्दा बढी स्थानहरुमा हरेक बर्ष दलित, अपांङ्ग, पिछडियको क्षेत्र तथा जेहेन्दार छात्रछात्राहरुलाई छात्रवृत्ति परीक्षा सञ्चालन गरी उत्तीर्ण भएका विद्यार्थीहरुलाई हरेक बर्ष एक वर्षे कम्प्युटर कोर्स सञ्चालन हुँदै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्