भारतमा कोरोना सङ्क्रमित हुनेको दर दिन दिनै बढ्यो – Kanika Khabar
Friday, March 13Nepali News Portal

भारतमा कोरोना सङ्क्रमित हुनेको दर दिन दिनै बढ्यो

    मा प्रकाशित

कनिका डेस्क
साउन १, दाङ
कोरोना भाइरसको केन्द्रबिन्दु बनेको दक्षिण एशियाली मुलुक भारतमा कोरोना सङ्क्रमणको दर प्रत्येक दिन बढ्दै गएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना सङ्क्रमित हुनेको दर प्रत्येक दिन नयाँ रेकर्ड कायम हुँदैछ । कोरोनाका कारण सङ्क्रमित हुनेमा विश्वकै तेस्रो मुलुक भारतमा पछिल्लो २४ घन्टामा भारतमा ३२ हजारभन्दा बढी नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । ३२ हजार ६ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै भारतमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ९ लाख ७० हजार नाघेको छ । यस्तै पछिल्लो २४ घन्टामा ६ सय ६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २४ हजार ९ सय ३५ पुगेको छ । भारतमा कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ६ लाखभन्दा बढी स्वस्थ पनि भइसकेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्