क्रिकेटर सन्दिप लामिछानेको मुद्दामा आज पनि बहस – Kanika Khabar
Friday, May 16Nepali News Portal

क्रिकेटर सन्दिप लामिछानेको मुद्दामा आज पनि बहस

    मा प्रकाशित

काठमाडौँ, २ जेठ ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि हिजो मङ्गलबार हेर्दाहेर्दैमा राखिएको हो ।

हिजो मङ्गलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको इजलासमा परेको मुद्दा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

जिल्ला अदालतको फैसलाप्रति लामिछानेले गरेको पुनरावेदन तथा जिल्ला अदालतले लामिछानेलाई कम सजाय दिएको भन्दै सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा दिएको निवेदनलाई एकैसाथ राखेर बहस भइरहेको हो ।

काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणीमा दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेपछि क्रिकेटर लामिछाने गत फागुन १० गने उच्च अदालत गएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्