दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना, १४ जना घाइते – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना, १४ जना घाइते

    मा प्रकाशित

दोलखा, २ जेठ ।
दोलखामा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका हुन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ ।

छिमेकी शैलुङ गाउँपालिका वडा नम्बर ८ ढाँडे कुनेबाट मलामी र दाउरा लिएर तामाकोशीतर्फ गुडेको बागमती प्रदेश ०१, ०२६ च ९८१३ नम्बरको बोलेरो गाडी सत्यश्वर–सिम्टे सडक खण्डको भटमासेमा दुर्घटना भएको छ ।

ओरालो सडकमा दाउरा र क्षमता भन्दा बढी मानिस सवार भएकाले ब्रेक फेल भएर अनियन्त्रित भइ गाडी दुर्घटना भएको अनुमान गरिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्