मा प्रकाशित
काठमाडौं, २ जेठ ।
उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आजै फैसला सुनाउने तयारी गरेको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बुधबार सुनवाइ सकिएसँगै न्यायाधीशहरु संक्षिप्त फैसलामा जुटेका छन् ।
फैसलाअघि न्यायाधीशले होटलको सिसिटिभी फुटेज हेर्ने बताएका छन् । बहस सकिएलगत्तै सीसीटीभी फुटेज देखाउन आदेश भएको थियो । फुटेज हेरेपछि फैसला आउनेछ ।