सन्दिप लामिछाने निर्दाेष ठहर – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

सन्दिप लामिछाने निर्दाेष ठहर

    मा प्रकाशित

काठमाडौं, २ जेठ ।
बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन्।

काठमाडाैँ जिल्ला अदालतकाे फैसला उल्ट्याउँदै उच्च अदालत पाटनले निर्दाेष ठहर गरेकाे हाे।

काठमाडाैँ जिल्ला अदालतले सन्दीपलाई किशाेरी बलात्कार मुद्दामा दाेषी ठहर गर्दै ८ वर्ष जेल सजाय ताेकेकाे थियाे। उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेकाे हाे।

आफूलाई बलात्कार गरेकाे भन्दै एक किशाेरीले २०७९ भदाै २१ मा गाैशाला प्रहरी वृत्तमा किटानी जाहेरी दर्ता गरेकी थिइन्।

बलात्कार मुद्दामा सफाइ पाएसँगै सन्दीपकाे विश्वकप खेल्ने सम्भावना बढेकाे छ। आगामी जुन २ बाट सुरु हुने विश्वकप क्रिकेट खेल्नकाे लागि नेपाली टाेली त्यसतर्फ प्रस्थान गरेकाे छ। तर, नेपाल क्रिकेट संघ (क्यान)ले एक स्थान खाली राखेर टाेली घाेषणा गरेकाे छ। अब उक्त स्थानमा सन्दीपलाई पठाउने बताइन्छ।

यद्यपि, यसबारे कानुनी प्रक्रिया पूरा गरेरमात्र निर्णय गर्ने क्यान स्राेतले बतायाे।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्