दाङ ।दाङको घोराहीमा मावि स्तरीय दुर्गानारायण वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । त्रिभुवननगर जेसीजको ३९ औं स्थापना दिवसको अवसरमा आयोजित ‘संलग्नता, सशक्तीकरण र वृद्धि’ विषयक वक्तृत्वकला प्रतियोगितामा गोरखा मावि घोराहीका आयुष देवकोटा प्रथम भएका छन् ।
यसैगरी दोस्रो, तेस्रो र सान्त्वनामा मार्सलिना रोका भ्याली टप बोर्डिङ, प्रज्वल गौतम विद्या निल्कण्ठ मावि, र सबिना केसी भ्याली टप बोडिङ भएका छन । जेसीजको सभा हलमा सम्पन्न भएको सो प्रतियोगितामा घोराही भित्रका निजी र सामुदायिक विद्यालयका २९ जना छात्रछात्राहरुले सहभागिता जनाएका थिए ।
त्रिभुवननगर जेसीजका अध्यक्ष रविकिरण केसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्यता एवम् नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर लालमणी भण्डारीको विशिष्ट आतिथ्यतामा आयोजित वक्तृत्वकला प्रतियोगितमा कमलमणि देवकोटा, उदय जिएम र बाल्मी केसीले निर्णायकको भुमिका निभाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि डिसीले व्यक्तिको पहिचान नै व्यक्तित्व भएको बताइन् । डिसीले अहिलेका विद्यार्थीमा पनि व्यक्तित्व र नेतृत्व क्षमताको विकास गर्न अपरिहार्य रहेको बताइन् ।