मा प्रकाशित
काठमाडौं, ४ जेठ ।
आज बस्ने भनिएकाे प्रतिनिधिसभाकाे बैठक नबसेरै स्थगित भएकाे छ । बैठक नबसी प्रतिनिधि सभाको बैठक ६ जेठसम्मका लागि स्थगित भएको हाे ।
संसद् सचिवालयका अनुसार अर्को बैठक ६ गते बिहान ११ बजे बस्ने छ ।
आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो । दलहरूबीच सहमति हुन नसकेपछि २ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।