दाङ, जेठ ४ । लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकालले राज्यले सहिद नेत्रलाल अभागीको योगदानको कदर गर्नुपर्ने बताउनुभएको छ । सहिद नेत्रलाल अभागीको ४१ आंै स्मृति दिवसको अवसरमा नेत्रलाल अभागीले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै मन्त्री ढकालले भन्नुभयो, ‘मुलुकको राजनीतिक परिवर्तनका लागि नेत्रलाल अभागीले खेलेको भूमिकाको चर्चा जति गरे पनि कमी नै हुन्छ । उहाँको योगदानको कदर राज्यले गर्नुपर्छ ।’
पञ्चयाती शासन व्यवस्था बिरुद्ध साहित्य, शिक्षा र राजनीतिका माध्यमबाट अभागीले खेलेको भूमिकाकै कारण परिवर्तन सम्भव भएको चर्चा गर्दै मन्त्री ढकालले भन्नुभयो, ‘पश्चिम नेपालको कम्युनिष्ट आन्दोलनलाई व्यवस्थित र संस्थागत गर्ने अभागीको भूमिकाको कदर गर्दै राज्यले अभागीलाई सहिद घोषणा गरेको छ । अब उहाँको सम्मानस्वरुप हुलाक टिकट प्रकाशनमा ल्याएको छ । अब उहाँका कृतित्व र योगदानलाई पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न प्रतिष्ठानले काम गर्नुपर्छ ।’
कम्युनिष्ट आन्दोलनलाई किसान, मजदुरको घरघरमा पु¥याउने र आन्दोलनलाई संस्थागत गर्न अभागीले खेलेको भूमिकाकै कारण कम्युनिष्ट आन्दोलन बलियो बनेको बताउँदै मन्त्री ढकालले वर्तमान राजनीतिक पुस्ताले अभागीको सांगठनिक कौशलता सिक्नुपर्ने बताउनुभयो ।
फरक प्रसंगमा बोल्दै मन्त्री ढकालले प्रदेशको खानेपानी समस्या समाधानका लागि आफू लागिपरेको बताउनुभयो । शुद्ध पानी पिउन पाउने नागरिकको अधिकार रहेको स्पष्ट पार्टी मन्त्री ढकालले भन्नुभयो, ‘जनताको घरदैलोमा शुद्ध पानी पु¥याउने दायित्व राज्यको हो । प्रदेशका संस्थापक माननीय मुख्यमन्त्री शंकर पोखरेल नेतृत्व सरकारको संकल्पअनुसार पछिल्ला सरकारले काम गर्न नसक्दा जनताको घरदैलोसम्म शुद्ध पानी पु¥याउन सकिएको छैन । हामी जनताको घरदैलोमा शुद्ध पिउने पानी पु¥याउने संकल्प पुरा गरेरै छाड्छौं ।’
लुम्बिनी प्रदेशको राजधानी स्थलमा नमुना राजधानी सहर निर्माणका लागि सरकार लागिपर्ने प्रतिबद्धता दोहो¥याउँदै मन्त्री ढकालले सरकारलाई सहयोग गर्न सरोकारवालालाई आग्रह गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष शम्भु गौतमको अध्यक्षतामा भएको कार्यक्रममा
डा. चिरञ्जिवी शर्मा, प्रा.डा. जनाद्र्धन आचार्य, नेकपा एमालेका नेता छविलाल ओली, उत्तम खनाललगायतले बोल्नुभएको थियो । प्रतिष्ठानका कोषाध्यक्ष सरस्वति खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव कुलबहादुर केसीले गर्नुभएको छ ।
दुई दर्जन बढीले गरे रक्तदान
श्री सिद्ध रत्ननाथ माध्यमिक विद्यालय नारायणपुरको प्रांगणमा भएको रक्तदान कार्यक्रममा दुई दर्जन बढीले रक्तदान गरेका छन् । दोर्णबहादुर केसी, शरद पोखरेल, नवराज शर्मा, दोर्णबहादुर डिसी, मानबहादुर महरालगायतले रक्तदान गरेको प्रतिष्ठानले जनाएको छ । रक्तसञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
वक्तृत्वकला प्रतियोगीतामा दर्शना पुन प्रथम
स्मृति दिवसको अवसरमा आयोजित अन्तर माध्यमिक विद्यालयस्तरिय वक्तृत्वकला प्रतियोगीमा जयशेर मावि रावतगाउँ दर्शना पुन प्रथम हुनुभएको छ । प्रतियोगीतामा बाल कल्याण माध्यमिक विद्यालय खैराका सपना चौधरी द्वितीय, नरदेवि मावि तेघराका भूमिसरा घर्ती तृतीय हुनुभएको थियो । २६ जना विद्यार्थीको सहभागीता रहेको प्रतियोगीताको निर्णायकमा पदमप्रसाद शर्मा, श्यामा रावत र नारायणप्रसाद पोख्रेल रहनुभएको थियो ।
मा प्रकाशित