दाङमा यात्रुबाहक बस दुर्घटना – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

दाङमा यात्रुबाहक बस दुर्घटना

    मा प्रकाशित

दाङ, ४ जेठ ।

दाङकाे बेलझुण्डीमा यात्रुबाहक बस दुर्घटना भएकाे छ । यात्रुबाहक बस आज बेलुका अन्दाजी ५: ४५ तिर दुर्घटना भएकाे हाे ।

दाङबाट काठमाडौं जाँदै गरेकाे प्र ३ – ०१००६ ख ०९७५ नम्बरकाे यात्रुबाहक बस तुलसीपुर – घाेराही सडकखण्डकाे बेलझुण्डीमा दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परी १५ जना घाइते भएका छन् । घाइतेहरूको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेकाे छ ।
अर्काे यात्रुबाहक बसलाई ओभरटेक गर्ने क्रममा बस दुर्घटना भएकाे प्रत्यक्षदर्शीहरूले जनाएका छन् ।

घटनाबारे थप जानकारी आउन बाँकी छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्