दाङ, ५ जेठ ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १३ स्थित ज्ञानज्योति एजुकेसनल एकेडेमीमा क्याप्टेन तथा उप क्याप्टेन चयन गरिएको छ । हिजो शुक्रबार एक कार्यक्रमका बिच क्याप्टेन तथा उप क्याप्टेन चयन गरिएको हो ।
निर्वाचन प्रणालीबाट स्कुल क्याप्टेन तथा उप क्याप्टेनका साथै विभिन्न हाउस क्याप्टेन तथा उप क्याप्टेन चयन गरिएको छ । स्कुल क्याप्टेनमा अन्जिता बिएम र उप क्याप्टेनमा रोशन बस्नेत निर्वाचित भएका छन् ।
त्यस्तै ग्रिन हाउसको क्याप्टेनमा रोशनी बिक र उप क्याप्टेनमा सुशील वली निर्वाचित भएका छन् । रेड हाउसको क्याप्टेनमा योगेश बिएम र उप क्याप्टेनमा सम्राट बिएम निर्वाचित भएका छन् । एलो हाउसको क्याप्टेनमा देबा बिएम र उप क्याप्टेनमा मिथुन बिक निर्वाचित भएका छन् । ब्लु हाउसको क्याप्टेनमा बिपन आरएम र उप क्याप्टेनमा सोनिया बस्याल निर्वाचित भएका छन्