नेपाली विषयका शिक्षकलाई प्रशिक्षण कार्यक्रम सम्पन्न – Kanika Khabar
Thursday, May 15Nepali News Portal

नेपाली विषयका शिक्षकलाई प्रशिक्षण कार्यक्रम सम्पन्न

    मा प्रकाशित

दाङ, ५ जेठ ।

गाेल्डेन पब्लिकेसन्स र दीपशिखा आवासीय माविकाे संयुक्त आयाेजनामा नेपाली विषयका शिक्षका लागि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।

दाङकाे घाेराहीस्थित दीपशिखा आवासीय माविमा आज शनिबार नेपाली विषयका शिक्षकहरूका लागि एक दिने शिक्षण सिकाइ प्रशिक्षण सम्पन्न भएकाे हाे ।

कार्यक्रममा परिवर्तित पाठ्यक्रम शिक्षण विधि सम्बन्धि प्रशिक्षण दिइएकाे थियाे । साथै भाषा शिक्षणलाई कसरी सरल, सहज तथा प्रभावकारी बनाउन सकिन्छ भन्ने सन्दर्भमा समेत सहभागीहरूलाई प्रशिक्षित गराइएको थियाे ।कार्यक्रममा गाेल्डेन पब्लिकेसन्सबाट प्रकाशित सिर्जनात्मक नेपालीका लेखक विश्वास पाैडेलले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा गाेल्डेन पब्लिकेसन्स डाइरेक्टर गणेश जिएम, सहभागी नारायण घिमिरे, मधु बुढाथोकीलगायतले मन्तव्य राखेका थिए ।

दीपशिखा माविका पूर्व प्रिन्सिपल सन्ताेष रेग्मीकाे अध्यक्षता तथा विद्यालयका अध्यक्ष माधव अधिकारीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

कार्यक्रमकाे सहजीकरण विद्यालयका प्रिन्सिपल प्रदीप राजभण्डारीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्