एमाले दाङको अध्यक्षमा आचार्य – Kanika Khabar
Monday, April 21Nepali News Portal

एमाले दाङको अध्यक्षमा आचार्य

    मा प्रकाशित

दाङ, ७ जेठ ।
नेकपा एमाले दाङको अध्यक्षमा शिवकुमार आचार्य सर्वसम्मत चयन भएका छन् । जिल्लाको घोराहीस्थित जिल्ला पार्टी कार्यालयमा सोमबार बिहानदेखि जारी अध्यक्ष मण्डलको बैठकले आचार्यको नेतृत्वमा ११९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यसैगरी जिल्ला उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी, उपसचिवमा भूवनेश्वर पौडेल र सीता चौधरी चयन भएका छन् ।

जिल्ला नेतृत्व चुन्न स्थायी कमिटी सदस्य तथा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको नेतृत्वमा जिल्लामा उपलब्ध केन्द्रीय सदस्यहरु सदस्य रहेको कमिटी बनाइएको थियो ।

त्यो अध्यक्ष मण्डलमा केन्द्रीय सदस्य तथा यसअघिका तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, केन्द्रीय सदस्य तथा पूर्व सांसद शान्ता चौधरी, पूर्व राष्ट्रियसभा सदस्य कोमल वली, पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य लक्ष्मण आचार्य, सीता सिग्देल लगायतका नेताहरु थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्