गोविन्द खड्का
घोराही ८ जेठ ।
दाङ देउखुरी होटल व्यवसायी समितिले व्यवसायीका लागि दुईदिने तालिम मंगलबार घोराहीमा शुरु गरेको छ ।
समितिका अध्यक्ष दिपेन्द्र पुनको अध्यक्षता एवं घोरही १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यता तथा वडाप्रहरी कार्यालय घोराहीका प्रमुख रामप्रसाद पाण्डेयको विशिष्ट आतिथ्यमा शुरु भएको हो ।
घोराही उपमहानगरपालिका कर शाखा अधिकृत कृष्ण केसी, कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका पुर्ण मगर र सोनाम आचार्यले प्रशिक्षण दिनुहुने तालिम संयोजक धना जिसिले जानकारी दिनुभयो ।
घोराही १५ को सहयोगमा भएको तालिममा समितिका स्वागत कोषाध्यक्ष खर्कसिंह पुनले र सञ्चालन श्यामकुमार विकले गर्नुभएको थियो ।