वडाध्यक्षमाथि भाला प्रहार – Kanika Khabar
Sunday, April 20Nepali News Portal

वडाध्यक्षमाथि भाला प्रहार

    मा प्रकाशित

किरण बिक्रम शाह
दाङ, ८ जेठ।
दाङकाे राजपुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष टंक बहादुर विष्टमाथि मङ्गलबार एक साधुले त्रिशूल प्रहार गरेका छन् ।

राजपुर-६ खयर भट्टी निवासी २० वर्षीय साधु विजय नेपालीले वडा कार्यालयमा पुगेर वडा अध्यक्ष विष्टलाई त्रिशूल प्रहार गरेका हुन् । प्रहरीका अनुसार साधु नेपाली ५ नम्बर वडाको कोरिया गाउँको जङ्गलमा रहेको बाबाकुटीमा केही महिना यता बस्दै आएको र उक्त स्थानमा भण्डारा लगाउने भन्ने विषयमा विवाद भएपछि वडा अध्यक्ष विष्टमाथि त्रिशूल प्रहार गरेको बुझिएको छ ।

त्यस्तै वडा अध्यक्ष विष्टको दाहिने कोखामा चोट लागेको र अहिले उपचारका लागि लमही अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ । यस्तै त्रिशूल प्रहार गर्ने साधु नेपालीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जनकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्