सिराेहिया पक्राउबारे बाेल्नु हुँदेन : रास्वपा – Kanika Khabar
Friday, May 16Nepali News Portal

सिराेहिया पक्राउबारे बाेल्नु हुँदेन : रास्वपा

    मा प्रकाशित

काठमाडौं, ८ जेठ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैशाल सिरोहिया पक्राउबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूलाई केही पनि नबोल्नका लागि माथिल्लो तहबाट उर्दी जारी गरिएको छ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियाले आफू केही बोल्न नसक्ने बताए। ‘मेरो काम छ। यस विषयमा म केही बोल्न सक्दैन’, छोटो कुराकानीमा उनले भने।

 

यद्यपि रास्वपाले आफूलाई लोकतान्त्रिक दल भन्दै आइरहेको छ। सिरोहिया पक्राउ प्रकरणमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष डा. सिके रावतसँगै काँग्रेसका नेताहरूले विरोध जनाएका छन्।

डा. भट्टराईले सिरोहिया प्रक्राउलाई सरकारको निरङ्कुशता भनेर टिप्पनी गरेका छन्। यस्तै पत्रकार महासंघले सियोहिया पक्राउलाई प्रेस स्वतन्त्रताविरुद्ध भनेको छ।

मंगलबार साँझ ६ बजे सिरोहियालाई ठूलो संख्यामा प्रहरी परिचालन गरेर कान्तिपुर पब्लिकेसनकै कार्यकक्षबाट पक्राउ गरिएको थियो।

उनीमाथि एउटै नम्बरको दुई वटा नागरिकता भएको आरोप छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्