ज्ञानेन्द्रकाे शैलीमा प्रचण्ड : डा. भट्टराई – Kanika Khabar
Thursday, May 15Nepali News Portal

ज्ञानेन्द्रकाे शैलीमा प्रचण्ड : डा. भट्टराई

    मा प्रकाशित

काठमाडौं, ८ जेठ ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विरोध जनाएका छन्।

करिब ६ बजे सिरोहियालाई प्रहरीले कान्तिपुर मिडियाको कार्यकक्षबाटै पक्राउ गरेको थियो। त्यसपछि पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेख्दै प्रचण्डले ज्ञानेन्द्रपथको अनुसरण गरेको बताएका छन्।

उनले सिरोहिया पक्राउलाई नाटकीयसमेत भनेका छन्। ‘जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन।’

उनले अगाडि लेखेका छन्, ‘झन् बिडम्बनाको कुरा त के भने माओवादी जनयुद्धकोबेला २०५८ जेठमा दरबार हत्याकाण्ड सम्बन्धी मेरो लेख छापे बापत् तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहिया लगायतका कान्तिपुरकर्मीहरूलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमाण्डर प्रचण्ड लगायत हामीले त्यसको तीब्र विरोध गरेका थियौं। आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउॅमा हुॅदा उनले नै ज्ञानेन्द्रपथ अनुसरण गरेको देख्दा म अत्यन्त लज्जित छु।’

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्