अमेरिकी दूतावासले सन्दिपलाई भिसा दिएन – Kanika Khabar
Friday, March 28Nepali News Portal

अमेरिकी दूतावासले सन्दिपलाई भिसा दिएन

    मा प्रकाशित

काठमाडौं, ९ जेठ ।

अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ। सन्दीपले अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन्।

‘अमेरिका र वेस्ट इन्डिजमा हुने टी– २० विश्वकपका लागि मेरो भिसा अस्वीकार गरेकाे छ,’ सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म नेपाली क्रिकेटका सबै शुभचिन्तकहरुप्रति क्षमाप्रार्थी छु।’

उनलाई यसअघि २०१९मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। सन्दीप आइसीसी टी- २० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा रहेका थिए।

पाटन उच्च अदालतले सफाइ दिएपछि क्यानले उनलाई टिममा सामेल गर्ने प्रक्रिया सुरु गरेको थियो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्