उपमहानगर प्रमुख खड्काद्धारा बुद्ध जयन्ती र उभौलीको शुभकामना – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

उपमहानगर प्रमुख खड्काद्धारा बुद्ध जयन्ती र उभौलीको शुभकामना

    मा प्रकाशित

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले बुद्ध जयन्ती र किराँत समुदायको उभौली पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
उपमहानगर प्रमुख खड्काले आज एक शुभकामना सन्देश जारी गर्दै २५६८औँ बुद्ध जयन्ती र उभौली पर्व २०८१ को अवसरमा तुलसीपुर उपमहानगरवासी सहित स्वदेश तथा विदेशमा बस्ने नेपालीको सुख शान्ति र सम्वृद्धिको कामना गर्नुभएको हो । शुभकामना सन्देशमा शान्ती,सत्यता,अहिंशा अनि सरलताकालागि गौतम बुद्ध संसारकै गुरु भएको र विश्वले उहाँकै आदर्शलाई शिरोधार्य गरेको उल्लेअ छ ।
त्यसैगरी उहाँले उभौली प्रकुतिका सन्तती किराँत समुदायको महान पर्व भएको उल्लेख गर्दै यस पर्वले राष्ट्रिय एकता थप मजबुद बनाउन अभिप्रेरित गर्न सकोस भन्ने अपेक्षा समेत गर्नुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्