बैदेशिक रोजगारलाई सुरक्षित बनाउन कामदार सजक हुनपर्छ : खड्का – Kanika Khabar
Sunday, April 27Nepali News Portal

बैदेशिक रोजगारलाई सुरक्षित बनाउन कामदार सजक हुनपर्छ : खड्का

    मा प्रकाशित

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले बैदेशीक रोजगारलाई सुरक्षित र भरपर्दो बनाउन कामदार आफैँ सजक हुनुपर्ने बताउनु भएको छ ।
सुरक्षिक बैदेशीक रोजगार आप्रवासन केन्द्र(सामी)ले गरेको अभिमुखीकरण कार्यक्रममा प्रमुख खड्काले कामदार आफैं सजक भए मात्रै बैदेशीक रोजगार सुरक्षित र भरपर्दो हुने बताउनुभयो । बिदेश जाँदा कामदारले सबै कानुनी प्रक्रिया पुरा गरेका समस्याबाट जोगिन सक्ने बताउनुभयो ।
श्रम स्वीकृत नगरी बिदेश गए समस्यामा परेमा राज्यले केही गर्न नसक्ने भन्दै जनस्तरमा सचेतना फैलाउन आग्रह गर्नुभयो । अभिमुखीकरण कार्यक्रममा तुलसीपुर उपमहानगरका सुचना प्रबिधि अधिकृत बावुराम न्यापाने र सामी परियोजनाकी कार्यक्रम अधिकृत बसन्ता पुनले बैदेशिक रोजगारमा देखा परेका समस्या र समाधानका उपाए बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्