भूकम्प प्रभावित क्षेत्रका किशोरीहरुलाई सेनेटरी प्याड – Kanika Khabar
Saturday, June 15Nepali News Portal

भूकम्प प्रभावित क्षेत्रका किशोरीहरुलाई सेनेटरी प्याड

    मा प्रकाशित

जाजरकोट, १० जेठ ।
कर्णाली प्रदेशको भूकम्प प्रभावित क्षेत्रका महिला तथा किशोरीहरुलाई निशुल्क सेनेटरी प्याड वितरण गरिएको छ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रहरुमा नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले सेनेटरी प्याड वितरण गरेको हो ।
जाजरकोटको नलगाड नगरपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भुकम्प प्रभावित क्षेत्रका किशोरी र महिलाहरुलाई १ हजार बढि सेनेटरी प्याड वितरण गरिएको थियो । नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाज ललितपुरको सहकार्यमा भुूकम्प प्रभावित क्षेत्रमा सञ्चालित सामुदायिक सुरक्षा जालो कार्यक्रम अन्तरगत द ग्लोबल अप्लिक प्रोजेक्टसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा पुनः प्रयोग गर्न सकिने सेनेटरी प्याड वितरण गरिएको हो ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रले घोराहीमा सञ्चालन गरेको महिला स्वरोजगार केन्द्रले उत्पादन गरेको सेनेटरी प्याडहरु भूकम्प प्रभावित क्षेत्रमा वितरण गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिनुभयो । स्थानीय तह एवं स्वास्थ्य संस्थाहरुसँगको सहकार्यमा जनप्रतिनिधी एवं स्वास्थ्यकर्मीहरुको उपस्थितिमा सेनेटरी प्याड वितरण गरिएको उहाँले जानकारी दिनुभयो । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ र २, रुकुम पश्चिमको आँठबिसकोट नगरपालिका वडा नम्बर ११, १३ र १४ नम्बर वडाका विभिन्न समुदाय एवं विद्यालयमा एक हजार बढी महिला तथा किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
त्यस अवसरमा महिलाहरुले प्रजनन् स्वास्थ्य एवं महिनावारी भएको समयमा ध्यान दिनुपर्ने विषयमा सचेचना कार्यक्रम पनि गरिएको थियो ।
२०८० कार्तिक १७ गते गएको ५ दशमलव ७ म्याग्नीच्यूटको भुकम्प पश्चात नेपाल महिला सामुदायिक सेवा केन्द्रले नागरिक आवाज ललितपुरसँगको सहकार्यमा भुकम्पपीडितहरुलाई खाना खुवाउनकालागी भान्सा सञ्चालन गरेको थियो । त्यसका साथै जाडो समयमा सुप किचन पनि सञ्चालन गरेको र हाल भुकम्प प्रभावित क्षेत्रमा सामुदायिक सुरक्षा जालो कार्यक्रम सञ्चालन गरिएको भूकम्प गएपश्चात विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष बिमला योगीले जानकारी दिनुभयो ।

‘नेपाल महिला सामुदायिक सेवा केन्द्र स्थापना भएदेखि नै महिला, किशोरी एवं बालबालिका लक्षित गरि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ’ उहाँले भन्नुभयो– ‘जाजरकोट र रुकुम पश्चिममा भुकम्प गएपछि सामुदायिक सुरक्षा जालो कार्यक्रम सञ्चालन गरेका छौँ, ती भुकम्प प्रभावित क्षेत्रका किशोरीहरुलाई लक्षित गरि सेनेटरी प्याड वितरण गरेका हौँ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्