भजन शिरोमणिको बायोग्राफिक फिल्म ‘आचार्युको ट्रेजर सार्वजनिक – Kanika Khabar
Saturday, June 15Nepali News Portal

भजन शिरोमणिको बायोग्राफिक फिल्म ‘आचार्युको ट्रेजर सार्वजनिक

    मा प्रकाशित

काठमाडौं, १४ जेठ।
आगामी असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको बायोग्राफिक फिल्म ‘आचार्यु को नयाँ ट्रेजर सार्वजनिक भएको छ ।
सार्वजनिक ट्रेजरमा भक्तराज आचार्यको बाल्यापनदेखि संगीत क्षेत्रको १६ वर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ ।
१३ वर्ष अघि नै निर्माण भएर प्रर्दशन भए तापनि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली भन्दै सिल्क रोड पिक्चर्सले आगामी असार ७ गतेदेखि फिल्मको पुनः प्रदर्शन गर्न लागेको हो । यसपटक प्रदर्शन गर्ने सिनेमामा भक्तराजको निधन पश्चताका दृश्यहरू पनि थपिएको छ ।

चलचित्रमा भक्तराजको भूमिकामा जेठा छोरा गायक सत्यराज आचार्यले अभिनय गरेका छन । उनले यो फिल्ममा भक्तराजको छायाँलाई समेत दुरुस्तै उतारेका छन । ट्रेजरमा अरुणा कार्की भक्तराजको श्रीमती भएर खेलेकी छिन भने सुनिल पोखरेल, सौगात मल्ल, दयाहाङ राई , विपिन कार्की जस्ता अहिलेका सुपरस्टारहरुलाई समेत देख्न सकिन्छ ।
रोशन राई निर्माता रहेको फिल्मलार्इ प्रशान्त रसाईलीको निर्देशन बनेको हो। फिल्मलाइ देवजंग थापाले पुनः सम्पादन गरेका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्