गाेदावरीले मनायाे गणतन्त्र दिवस – Kanika Khabar
Thursday, February 13Nepali News Portal

गाेदावरीले मनायाे गणतन्त्र दिवस

    मा प्रकाशित

दाङ, १५: जेठ ।
दाङकाे घोराही उपमहानगरपालिका वडा नम्बर १३ बडहरा स्थित गोदावरी इ‌ङ्लिस मिडियम स्कुल (जेम्स) दाङले १७ औं गणतन्त्र दिवस मनाएकाे छ । गणतन्त्र दिवसकाे अवसरमा आज एक कार्यक्रमको आयोजना गरी पत्रकारिता, शिक्षा र साहित्यका मार्फत देशमा सुव्यवस्था, सुशासन र गणतन्त्र स्थापनाका लागि योगदान पुर्याउनु भएका दुई विशिष्ट व्यवित्तत्वहरुलाई सम्मान गरेको हाे ।

सम्मानित हुनेमा पत्रकारिता, शिक्षा र साहित्यका मुर्धन्य व्यक्तित्व नारायण प्रसाद शर्मा र नारायण तर्ताललाई सम्मान गरेकाे छ । घोराही १३ डुम्मर गाउँ टोल विकास संस्थामा अवस्थित शिव मन्दिर परिसरमा आयोजित कार्यक्रममा विद्यालयका कक्षा ६ देखि कक्षा १२ सम्मका विद्यार्थीहरु, स्थानीय अगुवाहरु, मन्दिरका पदाधिकारीहरु र विद्यालयका शिक्षक तथा कर्मचारीहरुको उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथि वडा न. १३ का वडाध्यक्ष डुल्लुराम पोखेल र विद्यालयका प्रवन्ध निर्देशक विष्णु प्रसाद दाहालले सम्मानित व्यवित्तत्वहरुलाई खादा र सम्मान पत्रले सम्मानित गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेषमणि शरमाकाे अध्यक्षता भएकाे कार्यक्रमकाे सहजीकरण प्रिन्सिपल विष्णु हमालले गरेका थिए ।

यसैबिच आज नै स्कुलका क्याप्टेन र भाइस क्याप्टेन पदको निर्वाचन पनि सम्पन्न छ । मतदान कार्यमा कक्षा २ देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी भएका थिए । स्कुल क्याप्टेन र भाइस क्याप्टेन पदमा ६/६ जनाको उम्मेद्वारी रहेको थियो । कूल मतदाता विद्यार्थी सङ्ख्या ५१४ जना मध्ये स्कुल क्याप्टेन पदकी उम्मेद्वार कक्षा १० की छात्रा करुणा के. सीले १९७ मत प्राप्त गरी विजय भएकी थिइन भने भाइस कयाप्टेन पदका उम्मेद्वार कक्षा १० का छात्र शिरीष वलीले १८३ मत प्राप्त गरी विजय भएको कुरा मतदान अधिकृत शिक्षक तिलकराम अधिकारीले जानकारी दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्