मावि सौडियारको सूचना अधिकारीमा शिक्षक मोतीलाल केसी चयन – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

मावि सौडियारको सूचना अधिकारीमा शिक्षक मोतीलाल केसी चयन

    मा प्रकाशित

दाङ । दाङको घोराही ७ सौडियारस्थित माध्यमिक विद्यालय सौडियारको सूचना अधिकारी छनौट गरिएको छ । विद्यालयका निमित्त प्रधानाध्यापक नन्दबहादुर वलीको अध्यक्षतामा बसेको शिक्षकहरुको बैठकले विद्यालयका शिक्षक मोतीलाल केसीलाई सूचना अधिकारीको जिम्मेवारी दिने निर्णय गरेको हो । केसीले विद्यालयमा ३५ वर्षदेखि अनवरत रुपमा अध्यापन गराउँदै आएका छन् । विद्यालयका हरेक गतिविधिका सूचना र विद्यालयका बारेमा कसैले जान्न चाहेमा सूचना अधिकारीलाई सम्पर्क गर्न सकिनेछ ।

नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ भनी उल्लेख भएको व्यवस्था र त्यही व्यवस्था कार्यान्वयन गर्न ल्याइएको सूचनाको हकसम्बन्धी ऐन, २०६४ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ मा भएका व्यवस्थाहरूको कार्यान्वयन गर्नु प्रत्येक सार्वजनिक निकायको दायित्व हुने भएकाले पनि हरेक विद्यालयमा सूचना अधिकारी हुनुपर्ने व्यवस्था अगाडि बढाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्