टेकबहादुर पुन
दाङ, १७ जेठ ।
दाङको लमही नगरपालिका अन्तरगतका चारवटा विद्यालय उत्कृष्ट घोषित भएका छन । संस्थागततर्फ दुई र सामुदायिकतर्फ दुई गरी चारवटा विद्यालयले उत्कृष्टको उपाधि पाएका हुन ।
आधारभुत र मावि तहको रिजल्टको आधारमा उत्कृष्ट छनौट गरिएको लमही नगरपालिका शिक्षा शाखा प्रमुख भवानी गिरीले बताईन् ।
मावितर्फबाट गोरखा मोडेल सेकेन्डरी स्कुल लमही र आदर्श नमुना उच्च मावि देउपुर उत्कृष्ट भएका छन । त्यस्तै आधारभूततर्फ राप्ती ग्यालेक्सी सतबरिया र बाल जनता मावि बनगाउँ उत्कृष्ट भएका छन ।
उत्कृष्ट विद्यालयलाई लमही नगरपालिका शिक्षा शाखाले सम्मान गरेको छ । शिक्षा शाखाले उत्कृष्ट विद्यालय, विद्यार्थी र शिक्षकहरुलाई सम्मान कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।
विद्यालयलाई उत्कृष्ट बनाउन भुमिका खेल्ने विद्यार्थी र शिक्षकहरु पनि सम्मानित भएका छन । हरेक कक्षाको नतिजा, उत्कृष्ट अध्यापन, उत्कृष्ट खेल प्रदर्शन, विद्यार्थीको नतिजा प्रतिशत लगायतलाई आधार मानी उत्कृष्ट छनौट गरिएको लमही नगरपालिका शिक्षा शाखा प्रमुख गिरीले बताईन । प्रत्येक वर्ष उत्कृष्टको मुल्याङ्कन गरी सम्मान गरिने प्रमुख गिरीले बताईन ।
गोरखा मोडेलका मावितर्फ विषयगत उत्कृष्ट शिक्षकहरु यम प्रकाश डाँगी (बिज्ञान), शिव नारायण चौधरी (सामाजिक), खेमराज कोइराला (गणित) र बिशाल थापा (अङ्ग्रेजी) सम्मानित भएका छन । त्यस्तै आधारभूत तर्फ समीर बि क (गणित) र अनन्त खड्का (सामाजिक) सम्मानित भएका छन ।
त्यस्तै मावितर्फ उत्कृष्ट विद्यार्थीहरु पालिका पहिलो कमल थापा, दोस्रो रितु चौधरी र तेस्रो रिजन भणडारीलाई सम्मान गरिएको छ ।
गोरखाबाटै आधारभूततर्फ लमही नगरपालिका प्रथम आयुष सुबेदी पनि सम्मानित भएका छन ।
आदर्श मावि देउपुरका शिक्षक वाशुदेव अधिकारीलाई सम्मान गरिएको छ । त्यस्तै आदर्शका विद्यार्थीहरु सौजन्य भुषाल, डेबिट चौधरी, सुनिल चौधरी र शुभम कँडेल सम्मानित भएका छन् ।
कक्षा ८ को रिजल्टमा गोरखा मोडेलले ९० दशमलव २४ प्रतिशत आदर्श माविले २८ दशमलव १५ प्रतिशत, बाल जनता माविले ३७ दशमलव ५ प्रतिशत र राप्ती ग्यालेक्सीले ६६ दशमलव ६६ प्रतिशत विद्यार्थी पास गराएका थिए ।