प्रतिष्ठानले प्राध्यापहरूको नियुक्ति प्रक्रिया अगाडि बढायो – Kanika Khabar
Saturday, June 15Nepali News Portal

प्रतिष्ठानले प्राध्यापहरूको नियुक्ति प्रक्रिया अगाडि बढायो

    मा प्रकाशित

दाङ, १७ जेठ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान एमबिबिएस सञ्चालनको तयारीमा जुटेको छ । एमबिबिएस सञ्चालन गर्न आवश्यक पर्ने सम्पुर्ण तयारीलाई तीव्र पारेको हो । एमबिबिएसको लागि काठमाडौँमा पाठ्यक्रम बनाउन गोष्ठि सञ्चालन गरेको प्रतिष्ठानले पाठ्यक्रमलाई अन्तिम रुप दिने तयारी गरेको छ ।

विभिन्न मितिमा विज्ञापन गरेर प्रतिष्ठानले विशेषज्ञ शिक्षकहरूको नियुक्ति प्रक्रिया सुरू गरेको प्रतिष्ठानका रजिस्ट्रार श्याम लम्सालले बताए । हाल बेसिक साइन्सतर्फका विशेषज्ञ शिक्षकहरूको नियुक्ति प्रक्रिया अघि बढाइएको र अब छिट्टै चिकित्सा शिक्षा आयोगवाट पनि प्रतिष्ठानमा एमबिबिएस सञ्चालनका निमित्त विशेष अनुगमन हुने उनले जानकारी दिए।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्