स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिकाे चेतावनी : सहमति कार्यान्वयन नभए अझ सशक्त आन्दाेलन – Kanika Khabar
Saturday, June 15Nepali News Portal

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिकाे चेतावनी : सहमति कार्यान्वयन नभए अझ सशक्त आन्दाेलन

    मा प्रकाशित

दाङ, २० जेठ ।

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले अझ सशक्त आन्दाेलन गर्ने चेतावनी दिएकाे छ । समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस अघि भएकाे सहमति समयावधिभित्रै पूरा नगरे अझै सशक्त आन्दाेलन गर्ने बताएकाे हाे ।

समितिका सहसचिव प्रविण दहित थारूले एक विज्ञप्ति जारी गर्दै गुठी विधेयक संसदमा टेवल गर्न समेत अनुरोध गरेका छन् ।

यस्ताे विज्ञप्तिकाे पूर्ण पाठ

आज मिति २०८१/०२/२० गतेका दिन स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको आह्वानमा गरिएको मालपोत कार्यालय र नापी शाखा कार्यालयमा तालाबन्दीसहित शान्तिपूर्ण धर्ना कार्यक्रममा भएको प्रहरीको धरपकड, लाठी चार्ज, अश्रुग्यास प्रहारबाट शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी भएका १३ जना मोही किसान गम्भीर घाइते र दर्जनौ बढी मोही किसानहरु शक्त घाइते भएका छन् । गुठी पीडित किसानहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको यो दमन, ज्यादति, बल प्रयोग, महिलाहरुमाथि गरिएको दुर्व्यवहारप्रति स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति घोर आपत्तीसहित भर्त्सना गर्दछ ।

नेपाल सरकारले स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको आह्वानमा भएको ३१ दिने आन्दोलन पछि २ बुँदे सम्झौता गरी गुठी विधेयक निर्माण मस्यौदा समिति गठन गरेको तर मस्यौदा समितिलाई दिइएको ६० दिनको समयावधि सकिन लाग्दा पनि कुनै पनि काम नगरेका कारण हामी मोही किसान फेरि पनि आन्दोलन गर्न बाध्य भएका छौ । यदि नेपाल सरकार र मस्यौदा समितिले तुरुन्त तोकिएको सामयावधिभित्र काम सम्पन्न गरी गुठी विधेयक संसदमा टेवल गरेन भने हामी मोही किसान योभन्दा अझ शशक्त आन्दोलन गर्न बाध्य हुने छौँ ।

आजको आन्दोलनमा घाइते हुनुभएका सम्पूर्ण मोही किसानहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आन्दोलन सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दछौं ।

प्रविण दहित थारु

सह-सचिव स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति दाङ, देउखुरी

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्