१० वर्षपछि विश्व क्रिकेटमा नेपालः नेदरल्यान्ड्सविरूद्ध आज पहिलो खेल खेल्दै नेपाल – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

१० वर्षपछि विश्व क्रिकेटमा नेपालः नेदरल्यान्ड्सविरूद्ध आज पहिलो खेल खेल्दै नेपाल

    मा प्रकाशित

काठमाडौं, २२ जेेठ ।

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले (मंगलबार) आज राति आफ्नो पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्दैछ।

समूह ‘डी’ मा रहेको नेपालले आज साँझ नेदरल्याण्ड्ससँग पहिलो खेल खेल्न लागेको हो।

खेल अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सविरूद्ध राति सवा नौ बजे हुँदैछ।

नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स छन्। नेपालले दोस्रो खेल ११ जुनमा श्रीलंकासँग खेल्नेछ। यी दुई खेल अमेरिकामा हुनेछन्।

बंगलादेशमा सन् २०१४ मा १० वर्षअघि नेपाल टी-२० विश्वकप क्रिकेटमा डेब्यु गरेकाे थियो।

नेपाल र नेदरल्यान्ड्सले अहिलेसम्म गरेका प्रतिस्पर्धामा नेपाल बलियो देखिएको छ। दुई टोलीबिच भएको १२ वटा टी-२० भिडन्तमा नेपालले ६ जित निकालेको छ। एक खेल नतिजाबिहीन हुँदा नेदरल्यान्ड्स ५ खेलमा विजयी भएको छ।

विश्वकप खेल्ने नेपाली टिम

टी-२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्