मा प्रकाशित
२००७ सालको क्रान्तिपछि शिक्षा र चेतनाको नयाँ सूर्योदयले त्यसबेला दाङ क्षेत्रका युवाहरुलाई समाजको लागि केही गर्न स्वभाविक रुपमा प्रेरित ग¥यो । खासगरी काठमाडौं र भारतको वनारस लगायत विभिन्न ठाउँमा पढेका त्यहाँ पुस्तकालय स्थापना भएको देखेका दङाली युवाहरुले आफ्नो ठाउँमा पनि सार्वजनिक पुस्तकालयको आवश्यकता बोध गरे । शिक्षा र चेतनाको स्तर अहिलेको तुुलनामा निकै कमजोर रहेको त्यस समय र पठन संस्कृतिको विकास नभएको अवस्था भएको त्यो बेला सार्वजनिक पुुस्तकालयको आवश्यकता र महत्वबोध गर्ने हाम्रो पुुरानो पिँढीको दूरदृष्टि र परिकल्पना साँच्चिकै उच्चस्तरीय थियो भन्ने कुुरा सहजबोध हुुन्छ । त्यही उच्चस्तरीय दूरदृष्टि र सुुन्दर भविष्यको सुुन्दर परिकल्पनाको रुपमा घोराहीमा जनताको लागि जनस्तरबाट २०१० सालमा सर्वाेदय पुुस्तकालय तथा वाचनालय स्थापित गरियो ।
पुस्तकालयका लागि समाजसेवी प्रकाण्ड विद्धान पं. टेकनाथ गौतमले जग्गा दान गरेपछि पुुस्तकालयको स्थायित्वको लागि काम भयो । पुस्तकालय भवनको लागि २०११ बैशाखमै जग भाट्ने कार्य प्रारम्भ भए तापनि विविध कारणले भवन निर्माणको अवधि लम्बिन गई झण्डै दशकपछि मात्र भवन निर्माणको कार्य सम्पन्न भयो । भवन निर्माण मुुलतः जनताको आर्थिक सहयोग र श्रमदानद्वारा भएको थियो । भवन निर्माणसँगै पुुस्तकालयले आफ्नै गतिविधि विस्तार ग¥यो । पुुस्तक सङ्कलनले तीव्रता पायो ।
२०२६ साल जेठ १३ गते पुस्तकालयमा चोरी भयो । सबैजसो पुस्तक चोरिए । पुस्तकालय चोरी काण्डपछि पुस्तकालयको अस्तित्व झनझन खस्कँदै गयो । नियमित रुपमा पुस्तकालय खुल्ने प्रक्रिया राम्ररी चल्न सकेन ।
केही वर्षको अस्तव्यस्ततापछि २०३१ भदौतिरबाट पुस्तकालय पुनः सञ्चालन गर्न तत्कालीन जिल्ला पञ्चायतले सानोतिनो भए पनि पहल लिएपछि एकदुई दराज पुस्तक र पत्रपत्रिकासहित पुस्तकालय सञ्चालन हुन थाल्यो । यस प्रक्रियामा तत्कालीन जिल्ला पञ्चायतको सानोतिनो सहयोगले पनि यसलाई मृत्युबाट बचाएको कुरा सत्य हो । २०३८ सालमा पुस्तकालय सञ्चालनमा तत्कालीन घोराही पञ्चायतको पनि सहयोग प्राप्त हुन थाल्यो । २०४६ सालको परिवर्तनपछि पुस्तकालय पुनः जनस्तरबाट सञ्चालन हुने वातावरण भयो । २०६१/६२ को परिवर्तनपछि सर्वाेदयको जीवनमा पनि परिवर्तन देखा प¥यो । २०६१ सालमा आइपुग्दा पुस्तकालयमा जम्मा १५० मात्र पुस्तक थिए (विभिन्न कालखण्डमा पुस्तक हराउँदा) । २०६४ सालमा पुस्तकालयको विकासमा थप पाइला थालियो । पुस्तक पत्रपत्रिकाको सङ्ख्यामा तुलनात्मक विकास हुन थाल्यो । संस्थागत संरचना क्रमशः सुदृढ हुन थाल्यो । लामो कालखण्डसम्म अस्तव्यस्त भएको पुस्तकालय क्रमशः व्यवस्थित हुन थाल्यो ।
तर पुरानो भवन जीर्ण र साँघुरो भएकाले पुस्तकालयको थप विकास सम्भव थिएन । फलस्वरुप पुस्तकालय कार्यसमितिको २०७४ असोज २१ गतेको बैठकले नयाँ भवन निर्माणको लागि पहल गर्ने निर्णय ग¥यो । पुस्तकालयको अनुरोधलाई स्विकार गरी लुम्बिनी प्रदेश (तत्कालीन प्रदेश नं. ५) सरकारले पुस्तकालय भवन निर्माणको लागि रु. १ करोड २५ लाख रकम विनियोजन ग¥यो र २०७७ साउनमा दुुई तले आधुनिक भवन निर्माण गरियो ।
नयाँ दुुईतले भवन भए पनि हाम्रो बहुुआयामिक आवश्यकताको लागि थप एकतले थप्ने निर्णय कार्यसमितिले २०७९ जेठमा निर्णय गरेअनुुसार लुुम्बिनी प्रदेश सरकारलाई अनुुरोध गरियो । लुुम्बिनी प्रदेश सरकारले उक्त कार्यका लागि आ.व. २०७९/०८० मा रु. १३ लाख वजेट विनियोजन गरियो । उक्त रकमले तला थप्ने कार्यलाई अपुुग हुुने हुुँदा पुुस्तकालयले घोराही उपमानगरपालिकालाई अनुुरोध गरेबमोजिम उपमहानगरपालिकाले आ.व. २०७९/०८० मा रु. २० लाख बजेट विनियोजन ग¥यो । उक्त दुुवै रकमबाट पुुस्तकालयमा सभाकक्ष गत आ.व. २०७९/०८० मा निर्माण सम्पन्न भएको छ । उक्त हलमा पुुस्तकालयले आफ्नै स्रोतबाट एसी र आधुुनिक साउन्ड सिस्टम र फर्निचरको व्यवस्था गरेको छ । सभाहलमा पुुस्तकालयले आफ्नै कार्यक्रम मात्रै होइन अन्य संघसंस्थाका कार्यक्रमहरु पनि सञ्चालित भएका छन् ।
पुस्तकालयमा हाल झण्डै १० हजार पुस्तक रहेका छन् । पुुस्तकालयलाई विशिष्टीकरण गर्नुुपर्ने अपरिहार्यतालाई दृृष्टिगत गर्दै साविक राप्ती अञ्चलका लेखकले लेखेका कृतिको सङ्गालोको रुपमा हुुँदै “राप्ती कर्नर” (कक्ष) र दाङ आदिवासी थारूहरूको आदिभूूमि रहेको कुुरालाई मध्यनजर गर्दै थारु जाति, भाषा, साहित्य, संस्कृृति विषयक जुुनसुुकै भाषामा लेखिएका पुुस्तकहरुको सङ्कलन “थारू कर्नर” (कक्ष) स्थापना गरी भविष्यमा थारूका बारे अध्ययन र अनुुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्यका साथ निरन्तर काम भइरहेको छ ।
पुुस्तकालय पुुस्तक राख्ने र पाठकले अध्ययन गर्ने थलोको रूपमा मात्र सीमित गर्न वर्तमान सन्दर्भमा उचित नहुुने हुुँदा पुुस्तकालयको योजनामा विभिन्न खाले प्रतियोगिता, गोष्ठि, छलफल, पुुस्तक चर्चा, लेखकसँग छलफल, अन्र्तक्रिया सञ्चालन गर्ने परिपाटीको थालनी गरिएको छ । प्रकाशनको क्षेत्रमा पनि पुुस्तकालयले पाइला चाल्नुपर्ने कुुरालाई ध्यान दिदै २०७९ सालदेखि पुस्तकालयको वार्षिक मुुखपत्र ‘सर्वोदय’ को प्रकाशन प्रारम्भ गरिएको छ । यसमा मूलतः गहन खोज र अनुुसन्धानमूूलक सामग्रीलाई स्थान दिइएको छ ।
सर्वाेदयका हिजोका दिन निकै चुुनौतीपूूर्ण थिए । हरेक व्यक्ति वा संस्थाको जीवन चुुनौतीरहित त कहिल्यै हुुन सक्दैन । तथापि यस पुुस्तकालयको सुुन्दर भविष्यका लागि अहिले आधारभूत कुुराहरु प्रयाप्त छन् । सर्वाेदय पुुस्तकालयको नाममा आफ्नै जग्गा छ । उक्त जग्गामा तीनतले आधुुनिक भवन छ । आम्दानीको आफ्नै स्रोत सुुनिश्चित छ । त्यसका अतिरिक्त अन्य भौतिक र मानवीय संसाधन रहेको छ । अथक प्रयासपछि अध्ययन संस्कृृति बढाउन धेरै हदसम्म सफलता प्राप्त भएको छ । इ–लाइब्रेरी र पुुस्तकको विशिष्टीकरण गरिएको छ । दीर्घकालीन लक्ष्य निर्धारण गरिएको पुुस्तकालयले आफ्नो गतिविधिलाई बहुुआयामिक बनाउने कार्यमा क्रियाशील छ ।
यी परिदृष्यले सर्वाेदय पुुस्तकालयको सुुन्दर भविष्य सुुनिश्चित भएको छ । एउटा सम्वृद्ध पुुस्तकालयको रुपमा सर्वाेदयको विकास निरन्तर रहने विश्वसनीय आधार तय भएकोले यसको भविष्य अझ सुुन्दर, अझ चम्किलो, अझ परिपूूर्ण छ । आवश्यकता दृृढ अठोट र गम्भीर प्रतिबद्धताको छ ।