बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा बहालवाला इन्सपेक्टर पक्राउ – Kanika Khabar
Friday, April 18Nepali News Portal

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा बहालवाला इन्सपेक्टर पक्राउ

    मा प्रकाशित

२४ जेठ, काठमाडौं-/उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी रहेका छन् । एक जना १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार (बलात्कार प्रयास) गरेको आरोपमा शिवाकोटी प्रक्राउ परेका हुन् । उनी हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छन् । शिवाकोटीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिकाले विद्यालयहरुमा सचेतनामुलक अभियान चलाइरहेको थियो । त्यही क्रममा ती बालिकाले आफूमाथि यौन दुर्व्यवहार र कुटपिट हुने गरेको सूचना दिएपछि महानगरपालिका, बाल अधिकारकर्मी, स्वयम्भु प्रहरी लगायतको टोली परिचालित भएको थियो ।

महानगरको टोलीले इन्सपेक्टर शिवाकोटीलाई नियन्त्रणमा लिएर स्वयम्भु प्रहरीको जिम्मा लगाएको हो । ती बालिकालाई भने उद्धार गरी सुरक्षा गृहमा राखिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्