लक्ष्मण बस्नेत
दाङ, २५ जेठ ।
दाङ जिल्ला स्तरीय लिग क्वालिफायर्स फुटबल प्रतियोगिता २०८१ आजदेखि सुरु भएको छ ।
दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको तत्त्वाधानमा बेल्झुन्डी रंगशाला सञ्चालित प्रतियोगिताको उद्घाटन दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष ध्रुव आचार्यले गर्नु भएको हो ।
उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै आचार्यले राष्ट्रको सान र पहिचानसँग जोडिएको सिङ्गो खेलकुदको बिकासमा राज्य गम्भीर भएर लाग्नु पर्ने बताउनु भएको छ ।
खेलकुद राष्ट्रको गौरव हो भन्ने कुरा लाई फराकिलो बुझाईका बिच खेलकुद लाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सके मात्र खेलकुदको बिकास र बिस्तारले गति लिने उहाँले बताउनु भयो ।साथै विश्वमै लोकप्रिय खेल फुटबलको बिकास लाई गति प्रदान गर्न जिल्लामा हुने लिग फुटबलको महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाई थियो ।
दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागी, दाङ जिल्ला टेवल टेनिस संघका अध्यक्ष ऋषि राज लहरे अरुण, नेपाल पत्रकार महासंघका दाङ शाखा अध्यक्ष दुर्गालाल केसी,राप्ती लाईफ केयर हस्पिटल तुलसीपुरका निर्देशक जीवन भण्डारी लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।
संघका सदस्य प्रकृति पुनको स्वागत रहेको कार्यक्रमको सञचालन संघका महासचिव लक्ष्मण बस्नेतले गर्नुभएको थियो ।
यसैबिच प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी एफएले बिजयी सुरुवात गरेकोछ । उसले दाङ युवा मञ्च सुन्यका बिरुद्ध तीन गोल गर्दै बिजयी सुरुवात गरेको हो । त्यस्तै दोस्रो खेलमा एनजेएफसी लाई सुन्यका विरुद्ध दुई गोल गर्दै मेघा एफसीले बिजयी सुरुवात गरेको हो ।
प्रतियोगिता अन्तरगत भोलि दुई खेल हुनेछ्न । पहिलो खेलमा हिरा डाँगी फाउन्डेसन तुलसीपुर र बिएफसी घोराही दोस्रो खेलमा अटल युवा क्लब र थन्डर यति तुलसीपुर भिड्नेछन । खेल दिउँसो दुई बजेबाट सुरु हुने प्रतियोगिताका संचालन समितिका संयोजक केशव चौधरीले जानकारी दिनु भएकोछ ।
बि डिभिजन लिग क्वालिफायर्समा जिल्लाका ८ फुटबलको क्लबको सहभागिता रहेकोछ । खेल नकाउट प्रणाली आधारमा खेलाईनेछ । प्रतियोगिताको बिजेता र उपबिजेताले टिम लाई कप तथा मेडल प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै ए डिभिजन लिगमा जिल्लाका १२ फुटबल क्लब बिच कडा प्रतिस्पर्धा हुनेछ ।
लिग प्रतियोगिताको बिजेताले नगद ५० हजार, कप,मेडल प्रमाणपत्र हात पार्नेछ ।त्यस्तै उपबिजेताले नगद २५ हजार,मेडल, प्रमाणपत्र हात पार्नेछ ।