निरला अर्याल
जेठ २६, दाङ ।
लायन्स क्लव अफ तुल्सीपुर इसानको आयोजन तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा बबई गाउँपालिका निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लव अफ तुल्सीपुर इसानका अध्यक्ष ऋषि भण्डारीको अध्यक्षतमा एवम् बबई गाउँपालिकामा अध्यक्ष कुल बहादुर खत्रीको प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले राज्यले गर्नु पर्ने काम सामाजिक संघ संस्थाले गरेको बताए । सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले तुलसीपुर इसानले बबई गाउँपालिकामा रहेका आँखाका बिरामीहरूलाई सेवा दिएको मा खुसी व्यक्त गरे । यस्तै तुलसीपुर इसानका अध्यक्ष ऋषि भण्डारीले तुलसीपुर इसानले आफूभन्दा कम भाग्यमानीहरुलाई सेवा दिएको बताए । मानिसको सवेदनशील अंग आँखा हो । संसार देख्ने दृष्टि यदि दृष्टिविहीन भयो भने मानव जीवन अन्धकार हुन्छ । आँखाको क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा इसानले राज्यले गर्नु पर्ने जिम्मेवारी गर्दै आएको बताए । शिविरमा २ सय २६ जनाको आँखा जाँच गरिएको नेत्र सहायक शान्ता रेग्मीले बताइन् ।
। जसमा जटिल प्रकृतिका १६ जनालाई राप्ति आँखा अस्पताल रेफर गरिएको छ । १ सय २४ जनालाई चस्मा वितरण गरिनुका साथै मोतिबिन्दु को शल्यक्रिया गर्ने बिरामीलाई अस्पतालमा रिफर गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा लायन्स क्लव अफ तुलसीपुर इसानका संस्थापक अध्यक्ष बुद्ध प्रकाश सिंह, बबई गाउँपालिकामा स्वास्थ प्रमुख हरी खड्का लगायतकले शुभकामना राखेका थिए । संस्थाका कोषाध्यक्ष केशबराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सह सचिव शरद शर्माले गरेका थिए ।