बुद्धिचालमा पर्ल एकेडेमीका कृतन प्रदेश प्रथम – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

बुद्धिचालमा पर्ल एकेडेमीका कृतन प्रदेश प्रथम

    मा प्रकाशित

दाङ, २७ जेठ ।
लुम्बिनी प्रदेश बुद्धिचाल संघको आयोजनामा सम्पन्न यु–१५ प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगितामा दाङको घोराहीस्थित पर्ल एकेडेमीका कृतन भण्डारी प्रथम भएका छन् । शुक्रबार र शनिबार नेपालगन्जमा सम्पन्न भएको प्रतियोगितामा भण्डारी छात्रतर्फ प्रदेश प्रथम भएका हुन् ।

दाङ जिल्ला स्तरीय प्रतियोगितामा प्रथम भई प्रदेश स्तरीय प्रतियोगितामा सहभागी भएका भण्डारी अब राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुने छन् । कक्षा आठमा अध्ययनरत भण्डारी लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै छात्रतर्फ राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुने आयोजक संस्थाले जनाएको छ ।

राष्ट्रिय प्रतियोगिता यही जेठ ३०, ३१ र ३२ गते पोखरामा हुने छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्