पौडेललाई उत्कृष्ट प्रधानाध्यापक अवार्ड – Kanika Khabar
Thursday, May 15Nepali News Portal

पौडेललाई उत्कृष्ट प्रधानाध्यापक अवार्ड

    मा प्रकाशित

May be an image of text

दाङ, २७ जेठ ।
दाङको माध्यमिक विद्यालय तुलसीपुर सेन्टरका प्रधानाध्यापक भागवत पौडेलले उत्कृष्ट प्रधानाध्यापक अवार्ड प्राप्त गरेका छन् ।

प्रधानाध्यापक संघ नेपालले प्रअ पौडेललाई लुम्बिनी प्रदेशको उत्कृष्ट प्रधानाध्यापक अवार्ड प्रदान गरेको हो । उनलाइ संघले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नगद १० हजारसहित सम्मान गरेको हो ।

संघले लक्ष्मीदास मानन्धर स्मृति कोषबाट नगदसहित प्रमाणपत्रले सम्मान गरेको हो । लुम्बिनी प्रदेशमै उत्कृष्ट प्रधानाध्यापक २०२४ को अवार्ड प्राप्त भएका पौडेल बिगत दुई दशक अघिदेखि शिक्षण पेसामा निरन्तर छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ निवासी पौडेलले मावि तुलसीपुर सेन्टरको परिवर्तनमा प्रधानाध्यापकको तर्फबाट महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रधानाध्यापक संघले उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मान गरेको हो । उनले विद्यालयको शैक्षिक तथा भौतिक सुधारमा उल्लेखनीय भूमिका खेलेको संघले जनाएको छ ।

विस २०६० सालदेखि शिक्षण पेशामा रहेका प्रअ पौडेल तुलसीपुर(६ मा रहेको मावि तुलसीपुर सेन्टरमा २०६६ सालदेखि प्रधानाध्यापकको जिम्मेवारीमा छ्न। उनी विद्यालयमा प्रधानाध्यापक भएर आएपछि विद्यालयको भौतिक एवं शैक्षिक प्रगति उल्लेख्यरुपमा देखिएको छ ।

सामुदायिक विद्यालयप्रति विश्वास घट्दै गएको अवस्थामा मावि तुलसीपुर सेन्टरमा भने विद्यार्थीको चाप अत्याधिक छ ।

प्रअ भएर आउँदाको समयमा विद्यालयमा २ सय ५० विद्यार्थी थिए । तर पछिल्लो समय उनले प्रअको जिम्मेवारी लिएपछि अहिले २ हजार ५ सय विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

प्रधानाध्यापक पौडेलले चालु शैक्षिक सत्रमा मात्रै विद्यालयमा पढाउने शिक्षकले यसै विद्यालयमै आफ्ना छोराछोरी पढाउनुपर्ने चुनौतिपूर्ण निणर्य गरेका थिए।अहिले उक्त निणर्य कार्यान्वयनमा आइसकेको छ ।

उनले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुअघि विद्यालयमा भौतिक संरचनाको अभाव थियो । खानेपानीको व्यवस्था थिएन । विद्यालयमा पर्खाल थिएन ।

शिक्षक र विद्यालय व्यवस्थापन समिति आवश्यक समन्वयको अभाव थियो । तर पछिल्लो समय उनले प्रअको जिम्मेवारी सम्हालेपछि ति सबै समस्याको समाधान भएको छ ।

अहिले विद्यालय मेघा विद्यालयको रुपमा संचालित छ । कक्षा १२ सम्म संचालित विद्यालयमा अहिले विभिन्न पाँच विषयमा प्राविधिक धारको पढाई समेत भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्