दाङमा श्रीमानले गरे श्रीमतीको हत्या – Kanika Khabar
Saturday, June 15Nepali News Portal

दाङमा श्रीमानले गरे श्रीमतीको हत्या

    मा प्रकाशित

दाङ, २७ जेठ ।
दाङमा श्रीमानको प्रहारबाट घाइते भएकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ । गत जेठ २४ गते बेलुका ९ बजेर १० मिनेटमा श्रीमानले तरकारी पकाउने कराहीले प्रहार गर्दा घाइते भएकी श्रीमतीको आज आइतबार उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

जिल्लाको गढवा गाउँपालिका वडा नम्बर २ पचहिया निवासी २६ वर्षीया रन्जित चौधरीले आफ्नै २१ वर्षीया श्रीमती कमला चौधरीलाई तरकारी पकाउने कराही प्रहार गर्दा उनी घाइते भएकी थिइन् ।
घाइते भएकी कमलाको बुटवलस्थित क्रिमसन हस्पिटलमा उपचार भइरहेको थियो । उपचारको क्रममा आज बिहान ८ मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाकी प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन् ।

श्रीमान रन्जितलाई ईलाका प्रहरी कार्यालय गढवाले आफ्नो नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको गढवा प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्