बिएफएल बन्यो लिग क्वालिफायर्सको च्याम्पियन – Kanika Khabar
Saturday, June 15Nepali News Portal

बिएफएल बन्यो लिग क्वालिफायर्सको च्याम्पियन

    मा प्रकाशित

लक्ष्मण बस्नेत
जेठ २८, दाङ।
बिएफएल फुटबल क्लब दाङ जिल्ला स्तरीय लिग क्वालिफायर्स फुटबल प्रतियोगिता २०८१ को च्याम्पियन बनेको छ ।
दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको तत्त्वाधानमा बेल्झुण्डी रङ्गशाला सञ्चालित प्रतियोगिताको आज सोमबार सम्पन्न फाईनल खेलमा लुम्बिनी फुटबल एकेडेमी घोराहीलाई पेनाल्टी सुट आउटमा २ का विरुद्ध ४ गोलले पराजित गर्दै बिएफएल फुटबल क्लब च्याम्पियन भएको हो ।
लिग क्वालिफायर्सको च्याम्पियन बनेको बिएफएलले च्याम्पियन ट्रफी,मेडल, प्रमाणपत्र हात पार्‍यो भने उपबिजेता लुम्बिनी फुटबल एकेडेमीले उपबिजेताको ट्रफी,मेडल, प्रमाणपत्र हात पार्‍यो ।
कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको निर्धारित समय सम्म एक / एक गोलको बराबरी भएपछि खेलको नतिजा पेनाल्टी सुट आउट बाट निकालिएको प्रतियोगिताका सञ्चालन समीतिका संयोजक केशव चौधरीले जानकारी दिनुभएको छ ।
डिभिजन लिग क्वालिफायर्समा जिल्लाका ८ फुटबलको क्लबको सहभागिता रहेको थियो । खेल नकाउट प्रणाली आधारमा खेलाइएको थियो ।
यसैबिच प्रतियोगिताको समापन कार्यक्रम दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितिका कोषाध्यक्ष ध्रुव आचार्यको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रमको सञ्चालन संघका महासचिव लक्ष्मण बस्नेतले गर्नुभएको थियो
यसैबिच दाङ जिल्ला स्तरीय ए डिभिजन लिग फुटबल प्रतियोगिता २०८१ असार ५ गते देखि सुरु हुने भएकोछ ।
लिगमा जिल्लाका १२ फुटबल क्लबबिच कडा प्रतिस्पर्धा हुनेछ । लिगको बिजेताले नगद ५० हजार, कप,मेडल प्रमाणपत्र हात पार्नेछ।त्यस्तै उपबिजेताले नगद २५ हजार,मेडल,प्रमाणपत्र हात पार्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्