मलावीमा उपराष्ट्रपतिसहित दशजना सवार विमान बेपत्ता – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

मलावीमा उपराष्ट्रपतिसहित दशजना सवार विमान बेपत्ता

    मा प्रकाशित

एजेन्सी ।
पूर्वी अफ्रिकी देश मलावीमा उपराष्ट्रपतिसहित दशजना सवार विमान बेपत्ता भएको छ । मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान सम्पर्कविहीन भएको र विमानको कहाँ छ भन्नेबारे जानकारी नआएको बताएका छन् ।

मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । विमान मलावीको राजधानी लिलोग्वेबाट सोमबार बिहान उडेको थियो ।

विमानमा उपराष्ट्रपतिबाहेक नौजना सवार थिए । विमान आफ्नो गन्तव्य मजुजुमा अवतरण गर्न असफल भएको बीबीसीले जनाएको छ । मजुजु मलावीको उत्तरी क्षेत्र हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्