सगरमाथामा विद्यार्थीको नयाँ नेतृत्व – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

सगरमाथामा विद्यार्थीको नयाँ नेतृत्व

    मा प्रकाशित

घाेराही, २९ जेठ ।

दाङकाेथ घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा अव‌स्थित सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलकाे स्कुल क्याप्टेनमा आयुश्री जिएम निर्वाचित भएकी छिन् । उनी १०६ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी अनिशा श्रेष्ठले १०३ मत प्राप्त गरेकी थिइन् ।

स्कुल क्याप्टेन पदका उम्मेदवार उमेश अधिकारीले ७४ मत र श्रीशा चौधरीले २९ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उप क्याप्टेनमा कक्षा ८ कि छात्रा करिना वि. क. ले १०४ मत ल्याई विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्धन्दी लोकीसरा कार्कीले ८१ मत प्राप्त गरेकी थिइन् । उप क्याप्टेन पदका उम्मेदवार कीर्तिका वि.क. ले ८० मत र जेनिसा न्यौपानेले ३४ मत प्राप्त गरेका थिए ।

निर्वाचनमा ३२० (९३.८४) मत खसेको थियो। कुल खसेको मत मध्ये क्याप्टेनमा ६ मत र असिस्टेन्ट क्याप्टेनमा १० गरी जम्मा १६ मतपत्र बदर भएको जानकारी गराउदै प्रमुख निर्वाचन अधिकृतको भूमिकामा रहनु भएका विद्यालय प्रशासन प्रमुख वसन्त जि एमले बताए ।

निर्वाचन परिणाम घोषणा कार्यक्रममा विजयी विद्यार्थीहरूलाई विद्यालयका प्रिन्सिपल पोषण न्यौपानेले बधाई तथा शुभकामना दिदै नव निर्वाचित विद्यार्थीहरूको नेतृत्वले विद्यालय प्रशासनसँग समन्वय र सहकार्य गर्दै सम्पूर्ण विद्यार्थीहरूको हकहितमा सक्रिय भई लाग्ने बिश्वास व्यक्त गरेका थिए । उनले केही दिनभित्र नव निर्वाचित विद्यार्थीको नेतृत्व‌लाई काम,कर्तव्य र जिम्मेवारी तोकी सपथ ग्रह‌ण गराइने बताए ।

`नेपालमा सामान्यतया १८ वर्ष पुगेपछि मात्र मतदान गर्न पाउने कानूनी प्रावधान रहेता पनि बिद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सानै उमेर देखि निर्वाचन कार्यक्रममा संलग्न गराएर निर्वाचनका क्रममा अपनाइने प्रक्रिया, मतदान गर्ने तरिका विषयमा प्रयोगात्मक ज्ञान प्रदान गर्ने र भविष्यमा मत‌दान गर्दा हुन सक्ने बदर मत कम गर्न सहयोग पुग्ने छ ।` प्रिन्सिपल न्याैपानेले बताए ।

उक्त निर्वाचन कार्यक्रम सम्पन्न गर्न का लागि भाइस प्रिन्सिपल सुरेश डिसीले निर्वाचन अधिकृत तथा शिक्षक चन्दन गुप्ता, अनिस गिरी, निरज चौधरी,योगेश यादव, गिता रेग्मी, मनिषा पौडेल,पुनम गुप्ता र रिता चौधरीले मत‌दान अधिकृतको भूमिका निर्वाह गरेका थिए भने सञ्चालक समितिका अध्यक्ष हिमलाल राना साथै सञ्चालक सदस्य एवम् शिक्षक यम रेग्मी र टिकाराम चौधरी पर्यवेक्षक को भूमिकामा रहेका थिए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्