हिन्दू विद्यापीठ नेपालले विदेशी शिक्षकलाई गर्‍यो बिदाइ – Kanika Khabar
Sunday, July 14Nepali News Portal

हिन्दू विद्यापीठ नेपालले विदेशी शिक्षकलाई गर्‍यो बिदाइ

    मा प्रकाशित

दाङ, ३० जेठ ।
हिन्दू विद्यापीठ नेपाल र बाल शान्तिगृह घोराही ७ पर्सा दाङले आज एक कार्यक्रमको आयोजना गरी विदेशी शिक्षकलाई विदाई गरेको छ । विद्यालयले चेक रिपब्लिकबाट केही समयको लागि अध्यापन गर्न आएकी स्वयम सेवक शिक्षिका गेबृएला होर्तोवालार्इ प्रमाणपत्र, मायाको चिनोसहित विदाई गरेको हो । बाल शान्तिगृहका प्रमुख भोलानाथ योगीको सभापतित्व तथा शिक्षिका होर्तोवाका पिता ज्डेनेक होर्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बालशान्ति गृहका बालबालिकाहरुले आफनो प्रस्तुति प्रस्तुत गरेका थिए ।

घोराही ७ पर्सामा रहेको बाल शान्तिगृहमा सम्पन्न कार्यक्रममा सहभागी हुन प्रमुख अतिथि समेत रहेका होर्त, उनकी श्रीमती गेबृएला होर्तो र बिन्जामिन होर्त हेलिकोप्टर चाटर्ड गरी आएका थिए । कार्यक्रममा उनीहरुलाई नेपाली संस्कार संस्कृतिको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक मधुसुदन पन्त, पिताम्वर रिजानल, खडग शर्मा, पुष्पा रावत, पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसी लगायतले आफनो भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण विद्यार्थीहरु रन्जिता बुढाथोकी र अस्मीता विश्वकर्माले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्