१५ वर्ष मुनिका राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा लुम्बिनी प्रदेश छात्रतर्फ प्रथम र छात्रातर्फ द्वितीय – Kanika Khabar
Thursday, March 20Nepali News Portal

१५ वर्ष मुनिका राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा लुम्बिनी प्रदेश छात्रतर्फ प्रथम र छात्रातर्फ द्वितीय

    मा प्रकाशित

May be an image of 8 people and text

दाङ, ३२ जेठ ।
१५ वर्ष मुनिका बुद्धिचाल प्रतियोगितमा लुम्बिनी प्रदेश छात्रतर्फ प्रथम र छात्रातर्फ द्वितीय भएको छ । यही जेठ ३० र ३१ गते पोखरामा सम्पन्न प्रतियोगितामा १५ वर्ष मुनिको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा लुम्बिनी प्रदेश छात्रतर्फ प्रथम र छात्रातर्फ द्वितीय भएको हो ।

समूहगत रुपमा छात्रतर्फ प्रथम र छात्रातर्फ द्वितीय दाङ जिल्ला बुद्धिचाल संद्धले जनाएको छ ।

विद्यालय स्तरीय १५ वर्ष मुनिका छात्रतर्फका खेलाडीहरु कृतन भण्डारी, सुशान्त अर्याल, आरुष नाग, तपेन्द्र अधिकारी रहेका थिए । त्यस्तै छात्रातर्फ इशा गिरी, अन्जना थापा, खुशी बाँठा मगर, भावना रोका मगर रहेका थिए ।

May be an image of 4 people and text

छात्रतर्फका खेलाडी कृतन भण्डारी दाङको पर्ल एकेडेमीका कक्षा ८ का छात्र हुन् । उनी जिल्ला स्तरीय प्रतियोगितामा प्रथम र प्रदेश स्तरीय प्रतियोगितामा पनि प्रथम भएका थिए । त्यस्तै छात्रातर्फका खेलाडी खुशी बाँठा मगर दाङको घोराहीस्थित गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलमा कक्षा १० की छात्रा हुन् । उनी जिल्ला स्तरीय प्रतियोगितामा प्रथम रप्रदेश स्तरीय प्रतियोगितामा तृतीय भएकी थिइन् ।

विजेताको समूह अन्तराष्ट्रिय प्रतियोगिताका लागि हंगेरीमा सहभागी हुने छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्