काङ्ग्रेस नेता नेपालीको सम्झनामा शोकससभा – Kanika Khabar
Friday, March 28Nepali News Portal

काङ्ग्रेस नेता नेपालीको सम्झनामा शोकससभा

    मा प्रकाशित


हिमाल महरा
दाङ, ३२ जेठ ।
। नेपाली काङ्ग्रेस बङ्गलाचुली गाउँपालिका वडा नम्बर ४ ले वडा कार्यसमिति सदस्य खेतुलाल नेपालीको १३ औ दिनको पुण्य तिथीमा शोकसभा गरेको छ ।

शोकसभामा नेपाली काङ्ग्रेस महासमिति सदस्य किरण किशोर घिमिरे, नेपाली काङ्ग्रेस दाङ जिल्ला उपसभापति गिरिराज सुवेदी, क्षेत्र नम्बर २ (क) का सभापति प्रकाश श्रेष्ठ, महाधिवेशन प्रतिनिधि तेजबहादुर विक, जिल्ला सदस्य विर बहादुर खत्री (विरु), नेपाल तरुण दल केन्द्रीय सदस्य पवन आचार्य, नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ (क) का सदस्य देबा जिसी, क्षेत्रीय प्रतिनिधि धनेश्वर भण्डारी, नेपाली काङ्ग्रेस बङगलाचुली उपसभापति दोर्ण खत्री लगायतको उपस्थिति रहेको थियो ।

शोकसभाका प्रमुख अतिथि काङ्ग्रेस महासमिति सदस्य किरण किशोर घिमिरले नेपाली काङ्ग्रेसले असल युवा नेता गुमाएको बताउदै उनले पार्टीमा पु¥याएको योगदानको चर्चा गरेका थिए । त्यस्तै विशिष्ट अतिथि समेत रहेका काङ्ग्रेस दाङ जिल्ला उपसभापति गिरिराज सुवेदीले स्वर्गीय नेपालीको निधनले समाजले असल , कर्तव्यनिष्ठ व्यक्ति गुमाएको बताए । शोकसभा नेपाली काङ्ग्रेस बङ्गलाचुली गाउँपालिका वडा नम्बर ४ का सभापति शिवराज परियारको सभापतित्वमा भएको थियो ।
शोकसभाको सहजीकरण सचिव चित्रकान्त पुलामीले गरेका थिए । नेपालीको गत जेठ २० गते मोटरसाइकल दुर्घटना परी मृत्यु भएको थियो ।

आर्थिक सहायताका लागि ९५ हजार ७ सय १५ सहयोग रुपैया सङ्कलन

यसैबिच स्वर्गीय नेपालीको परिवारका लागि थालिएको आर्थिक सहयोग अभियानबाट ९५ हजार ७ सय १५ रुपैया सङ्कलन भएको अभियानका संयोजक विक्रम डाँगीले जानकारी दिएका छन् । उक्त रकम स्वर्गीय नेपालीका बुवा दिल बहादुर नेपालीलाई हस्तान्तरण गरिएको संयोजक डाँगीले जानकारी दिए ।

संयोजक डाँगीका अनुसार स्वर्गीय नेपालीको परिवार सल्लाह अनुसार नेपालीका छोरा १५ वर्ष पुगेपछि निकाल्न मिल्ने गिरी बङ्गलाचुलीमा रहेको सिटिजन्स बैंकमा छोराको नाममा ८५ हजार ९ सय १० रुपैया राखिने छ ।

स्वर्गीय नेपालीका २ सन्तानलाई महासमिति सदस्य घिमिरे र तरुण दलका केन्द्रीय सदस्य आचार्यले पढाउने

यसैगरी स्वर्गीय खेतुलाल नेपालीका २ सन्तानलाई महासमिति सदस्य किरण किशोर घिमिरे र नेपाल तरुण दलका केन्द्रीय सदस्य पवन आचार्यले पढाउने घोषणा गरेका छन् । कक्षा दशसम्म प्रत्येक वर्ष १२ हजारको दरले रकम उलब्ध गराउने र कक्षा दशपछि पढ्दा जति खर्च हुन्छ त्यही अनुसार थप रकम उपलब्ध गराउने बताइएको छ ।

खेतुलाल स्मृति कप क्रिकेट प्रतियोगिता हुने 

नेपाली काङ्ग्रेस बङ्गलाचुली गाउँपालिका वडा नम्बर ४ कार्यसमितिले स्वर्गीय खेतुलाल नेपालीको सम्झनामा खेतुलाल स्मृति कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
खेतुलाल बङ्गलाचुलीका एक उत्कृष्ट क्रिकेट खेलाडी समेत भएका कारण उनको सम्झनामा बङ्गलाचुली क्रिकेट विकास समन्वय समितिसँग सहकार्य गरेर खेतुलाल स्मृति कप क्रिकेट प्रतियोगिता आयोजना गरिने बताइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्