जिल्ला न्यायाधीश पौडेलद्वारा बङ्गलाचुली गाउँपालिकाका न्यायिक समितिको अनुगमन – Kanika Khabar
Sunday, July 14Nepali News Portal

जिल्ला न्यायाधीश पौडेलद्वारा बङ्गलाचुली गाउँपालिकाका न्यायिक समितिको अनुगमन

    मा प्रकाशित

कमिरेचौर, ३२ जेठ ।
दाङ जिल्ला अदालतका जिल्ला न्यायाधीश तेजनारायण पौडेलले स्थानीय सरकार सञ्चालन ऐनले न्यायिक समितिलाई दिएको अधिकारको पूर्णरुपमा प्रयोग गर्न सुझाव दिएका छन् । उनले जनताको नजिकको अदालत भनेको स्थानिय न्यायिक समिति रहेको बताउँदै सो ऐनले दिएका अधिकारलाई असल नियतका साथ पूर्णरुपमा उपयोग गर्दै मुद्दाको किनारा लगाउन सकेमा जनतालाई न्यायको आभास दिलाउन सकिने बताए ।

आज बङ्गलालचुली गाउँपालिकाको न्यायिक समितिको अनुगमनका क्रममा आयोजित भेटघाट कार्यक्रममा न्यायाधीश तेजनारायण पौडेलले यस्तो कुरा राखेका हुन् । उनले बङ्गलाचुली गाउँपालिकामा न्याय निरुपणका लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् । न्यायाधीश पौडेल सहितको टोलिले बङ्गलाचुली गाउँपालिकाको न्यायिक समितिमा परेको मुद्दाको अवस्था, इजालश कक्ष लगाएतको अनुगमन गरेको छ । सो अवसरमा बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक भक्त बहादुर जिसीले बङ्गलाचुली गाउँपालिकाको न्याय निरुपरणका लागि भएका सहजता असहजताका विषयमा न्यायाधीश पौडेले राख्नुभएको विभिन्न जिज्ञासाको जवाफ दिएका छन् । न्यायाधीश पौडेलले विभिन्न सल्लाह सुझाव समेत दिएका थिए ।

सो अवसरमा बङ्गलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगर,उपाध्यक्ष भक्त बहादुर जिसी,जिल्ला न्यायाधीश ताराकुमारी शर्मा, बङ्गलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल, बङ्गलाचुली गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष डाँस बहादुर डाँगी ,दाङ जिल्ला अदालतका श्रेष्तेदार दामोदर घिमिरे,तहसिलदार अमृत पौडेल,नावय शुव्बा पदम कार्की , न्यायिक समितिका सदस्य रमा कुमारी पुन, बंगलाचुली गाउँपालिकाका कानुनि सल्लाहकार अधिवक्ता किरण पौडेल लगायतको सहभागिता रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्