जनताको आयस्तर बृद्धि तथा स्वरोजगारका लागि गाउँपालिका गम्भीर भएको छ : अध्यक्ष पुन – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

जनताको आयस्तर बृद्धि तथा स्वरोजगारका लागि गाउँपालिका गम्भीर भएको छ : अध्यक्ष पुन

    मा प्रकाशित

कमिरेचौर, ३२ जेठ ।
दाङको बङ्गलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले बङ्गलाचुलीका जनताको आयस्तर बृद्धि तथा स्वरोजगार बन्ने खालका कार्यक्रमलाई प्राथमिकता दिने बताएका छन् । उनले अबका दिनहरुमा जनतालाई स्वरोजगार बनाई उनीहरुको आयस्तरमा बृद्धि नभए सम्म जीवनस्तर माथि नउठ्ने बताए ।

द्योग वाणिज्य तथा आपुर्ति मान्त्रालयको आर्थिक तथा प्राविधिक सहयोग र बङ्गलाचुली गाउँपालिकाको आयोजनामा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत एक दिने बजारीकरण सम्बन्धी आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पुनले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका अध्यक्ष पुनले हरेक नागिरकले आफ्नो जीवनस्तर परिवर्तनका लागि व्यवसायिक सोचका साथ व्यवसायमा लाग्नु पर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीले राज्यले गरेको लगानीको सही सदुपयोग हुनुपर्नेमा जोड दिए । उनले जनतालाई सीप सिकाउनका लागि राज्यले गरेको लगानीलाई व्यवारमा नउतार्दा सम्म त्यो प्रभावकारी नहुने बताए ।
बङ्गलाचुली गाउँपालिका वडा नम्वर ४ का अध्यक्ष डाँस बहादुर डाँगीको अध्यक्षता एवं पालिका अध्यक्ष तुल्सीराम पुनमगरको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,आर्थिक प्रशान शाखा प्रमुख नारायण प्रसाद आचार्य लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बङगलाचुली गाउँपालिका वडा नम्वर ४ का झण्डै ३० जना प्रशिक्षार्थीहरुको सहभिता रहेको थियो । तालिमको प्रशिक्षककमा कमलकान्त दाहाल रहेका थिए । कार्यक्रमको सहजीकरण बङ्गलाचुली गाउँपालिकाका प्रशासन शाखा प्रमुख गोपाल केसीले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्