नारायणपुरका दुई विद्यालयमा अभिभावक शिक्षा – Kanika Khabar
Sunday, July 14Nepali News Portal

नारायणपुरका दुई विद्यालयमा अभिभावक शिक्षा

    मा प्रकाशित

दाङ, ३२ जेठ ।

दाङकाे घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा रहेको बाल प्रतिभा बोर्डिङ स्कुल र मोडेल इङ्लिस बोर्डिङ स्कूलको संयुक्त आयोजनामा आज नारायणपुरमा अभिभावक शिक्षा तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

ती दुई विद्यालय अब एउटै ग्रुपद्वारा सञ्चालनमा आउँदै गरेको अवसरमा अभिभावकहरुले शुभकामना व्यक्त गर्दै नारायणपुर क्षेत्रको उत्कृष्ट विद्यालय बन्नेमा आफूहरु निश्चिन्त रहेको बताएका थिए ।

मोडेल इङ्लिस स्कूलका प्रिन्सिपल हरिप्रसाद पौडेलले अब विद्यालयलाई प्रविधिमैत्री २१ औं शताब्दीको सीप सहितको विद्यालय बनाउने अभियानमा हातेमालो गर्न सबैमा अनुरोध गरेका थिए । ‘ अब साना साना सटर खोले जस्तो खोलिने विद्यालयले समाजको आवश्यकता पूरा गर्न सक्दैन बरु उत्कृष्ट शिक्षक र गुणस्तरीय शिक्षा सहितको विद्यालय सञ्चालन गर्न हातेमालो गर्दै हाम्रो अभियानमा जोडिन शिक्षाप्रेमी हरुलाई आग्रह गर्दछु ।´ पाैडेलले बताए ।
कार्यक्रममा अभिभावकहरुलाई मोटिभेसनल तालिम डिआर दाहालले दिएका थिए भने सञ्चालक समिति अध्यक्ष नवीन आचार्यले कार्यक्रमको औचित्य प्रष्ट पारेका थिए । कार्यक्रमको सहजीकरण सञ्चालक समिति सदस्य तारा बहादुर केसीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्