जावलाखेलमा बेहोस अवस्थामा भेटिएका दम्पतीको मृत्यु – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

जावलाखेलमा बेहोस अवस्थामा भेटिएका दम्पतीको मृत्यु

    मा प्रकाशित

काठमाडौँ, १ असार ।
जावलाखेलमा बेहोस अवस्थामा भेटिएका एक दम्पतीको मृत्यु भएको छ । उनीहरूको हिजो राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भई हाल ललितपुरको जावलाखेल बस्दै आएका २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती २५ वर्षकै रेणु सेन्चुरी रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जानकारी दिएको छ ।

बेहोस अवस्थामा फेला परेका उनीहरूलाई उपचारका लागि पाटन अस्पताल पुर्याइएको थियो । त्यहीँ उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
उमेश र रेणु बेहोस रहेको अवस्थामा कोठामा पुग्दा उनीहरू नजिकै झोलिलो पदार्थ रहेको बोतल भेटिएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीलदे बताएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्