प्याब्सन तुलसीपुरकाे आयाेजनामा चित्रकला प्रतियोगिता – Kanika Khabar
Sunday, April 27Nepali News Portal

प्याब्सन तुलसीपुरकाे आयाेजनामा चित्रकला प्रतियोगिता

    मा प्रकाशित

दाङ, १ असार ।

प्याब्सन तुलसीपुर नगर समितिकाे आयाेजनामा चित्रकला प्रतियोगिता सम्पन्न भएकाे छ । प्याब्सन तुलसीपुरकाे आयाेजनामा मा वि स्तरीय र आधारभूत तह स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएकाे हाे ।

मावि स्तरीय प्रतियोगितामा हाम्राे पहुँच माविका मानषी भण्डारी प्रथम, गाेरखा माविका क्रिषा चाैधरी द्वितीय, सप्तरङ्गी माविका प्रमाेद के सी तृतीय र राप्ती विद्या मन्दिरका दिव्या बुढा मगरले सान्त्वना स्थान हासिल गरेका थिए ।

त्यस्तै आधारभूत स्तरीय चित्रकला प्रतियोगितामा चिल्ड्रेन हेवन माविका सुगम चाैधरी प्रथम , लिटिल फ्लावरका विष्णु वुढाथाेकी
दाेस्राे , हाम्रो पहुँच माविका दिक्षा भण्डारी तृतीय र सप्तरङ्गी माविका दिप्ती शर्मा सान्त्वना भएका थिए ।

प्याब्सन तुलसीपुरका अध्यक्ष गिरिराज डाँगीकाे अध्यक्षता तथा प्याब्सन दाङका अध्यक्ष मधुसूदन के सी. काे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेश सदस्य वासुदेव रिजाल, प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विजयमान जि एम , सह सचिव डि आर भण्डारी , सदस्य विश्वमणि देवकोटा लगायतले मन्तव्य राखेका थिए ।

उपाध्यक्ष डम्बर डाँगीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा संयाेजक युवराज डाँगीले उपस्थित सबैलाई धन्यवाद प्रदान गरेका थिए भने सचिव विष्णु याेगीले सहजीकरण गरेका थिए ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्