प्रचण्डलाई प्रधानमन्त्री किन बनेँ भन्ने थाहा छैन : गगन – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

प्रचण्डलाई प्रधानमन्त्री किन बनेँ भन्ने थाहा छैन : गगन

    मा प्रकाशित
फाइल तस्बिर

काठमाडौं, १ असार ।
प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री किन बनेँ भन्ने थाहा नभएको टिप्पणी गरेका छन्।

आज शनिबार नेपाली काङ्ग्रेस नागार्जुन कार्यसमितिको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री किन भएको भन्ने थाहा नपाएको टिप्पणी गरेका हुन्।

प्रधानमन्त्री दाहाल खेलोफड्को गर्ने र यता आएपनि पनि प्रधानमन्त्री उता गएपनि प्रधानमन्त्री बन्ने र बनिराख्नेमै केन्द्रीत रहेको महामन्त्री थापाले आराेप लगाएका छन् । यस्तो अवस्थामा मुलुकको अर्थतन्त्र भने बिग्रँदै गइरहेको उनको टिप्पणी छ। तर प्रधानमन्त्री दाहाल त्यसको जिम्मेवारी लिन तयार नभएकाे उनले बताए।

‘अबको यो दिनमा हाम्रो अर्थतन्त्र बिग्रँदै जाँदा अहिलेको प्रधानमन्त्रीले त्यसको बारेमा जिम्मा लिएर जवाफ दिनुहुन्छ भन्ने मलाई पटक्कै लाग्दैन,’ उनले भने।

यसअघि एकवर्ष कांग्रेससहितको सरकारमा प्रधानमन्त्री हुँदा दाहालले राम्रो गर्ननसक्दा कांग्रेसको टाउकामा दोष थोपरेर हिँडेको पनि महामन्त्री थापाको आरोप छ।

उनले भने, ‘त्यो राम्रो नभएको हिसावकिताव उहाँले के गर्नुभयो ? उहाँले जिम्मा लगाइदिनु भयो, कांग्रेसको मानिसहरू थिए, मैले काम गर्न सकिन भनेर प्रधानमन्त्रीले पन्छाइदिएर निस्कनुभयो।’ त्यसैले अहिलेको कमजोरीको जिम्मा पनि लिन्छन् भन्ने पटक्कै नलागेको उनले बताए।

यस्तै सत्तारूढ दल नेकपा एमाले सरकारमा भएर पनि बाहिर बसे जस्तो गरेको उनले बताए। बजेट बनाउँदा नेकपा माओवादीले मात्रै बनाएको भन्ने भाष्य निर्माण गरेको उनले बताए।

‘एमाले त सरकारमा छ, छैन? सरकारमा छ पनि। छैन पनि। सरकारमा उसले जुनियर मन्त्रीहरू पठाएको छ। हेर्दाखेरी मात्रै जुनियर मन्त्रीहरू पठाएको होइन। किन पठाएको हो भने सरकारमा आफू बस्ने पनि। तर नागरिकको बीचमा गएर यो सरकार मेरो हो भनेर जिम्मा नलिने,’ उनले भने।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्